दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. चिनियाँ नाका सञ्चालनमा आएपछि व्यवसायी उत्साहित 

झण्डै एक महिनादेखि बन्द भएका २ वटा चिनियाँ नाका नेपालीहरूको महान पर्व दशैँ नजिकिएसँगै सञ्चालनमा आएका छन् । चीनले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्न लागेको हो । यता दशैँ नजिकिँदै गर्दा चिनबाट सामान ढुवानी हुने भएपछि  नेपाली व्यवसायीहरू खुसी भएका छन् । 

२. निर्वाचन सुरक्षामा खटिने प्रहरीले दैनिक १२ सय भत्ता पाउने

सरकारले निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरेको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफू कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउने भएका छन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दानबहादुर कार्कीले बताए । 

३. असोज १ गतेदेखि बैंकहरू आफैले ब्याजदर तोक्ने

आगामी असोज १ गतेदेखि बैंकहरूले आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको आजको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरूको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए ।

४. मेरो हातमा देशको चाबी आउनेवाला छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको भन्दै यसको रक्षाका लागि मिहिनेत गर्न अपिल गरेका छन् । माओवादीका दिवंगत नेता पोस्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा प्रचण्डले कहिलेकाहीँ आफूलाई सौभाग्यशाली हो कि, अभागी हो जस्तो लाग्ने गरेको बताए । राजनीतिको केन्द्र आफू बन्दा जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने गरेको उनको भनाई छ ।

५. प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो । भोली बिहान ११ बजे बस्नेगरि आजको बैठक सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । बैठक विशेष कारणवश सारिएको बताइएको छ ।

६. महानगरपालिकाविरुद्ध फुटपाथ व्यापारी आन्दोलित

काठमाडौं महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् । आज बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर धर्ना दिएका हुन् । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ ।

७. म्यादी प्रहरी आवेदकहरूको घुइँचो

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि आवेदन खुला गरेको हो । म्यादीमा भर्ना हुन आवेदन दिन आजदेखि हरेक जिल्ला प्रहरी कार्यालयमा ठूलो सङ्ख्यामा युवाहरूको भिड लागेको जनाइएको छ । 

८. पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अन्तर्गत ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिए । सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा सडक फेरि भासिएको छ ।

९. रुसी राष्ट्रपति पुटिन र चीनका राष्ट्रपति सीबीच युक्रेन युद्धबारे छलफल हुने 

चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमाथि छलफल गर्ने भएका छन् । दुबै नेता उज्बेकिस्तानमा आयोजित शिखर सम्मेलनमा भेट्दै छन् । राष्ट्रपति सीले महामारी सुरु भएदेखि आफ्नो पहिलो विदेश यात्रामा  छन् । राष्ट्रपति सी आफ्नो तीन दिने यात्राको पहिलो दिन हिजो काजाकिस्तानको राजधानी नुरसुल्तानमा अवतरण गरेका थिए । उनी सामरकन्दमा आज र भोली हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तान गएका छन ।

१०. अष्ट्रेलियाद्वारा टिम घोषणा

अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि टिम घोषणा गरेको छ । अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । अष्ट्रेलियाले घोषणा गरेको टिमबाट मिचेल स्टार्क, मिचेल मार्श र मार्कस स्टोनिस चोटका कारण बाहिरिएका छन् । भारत र अष्ट्रेलियाबीचको ३ खेलको टी-ट्वान्टी सिरिज २० सेप्टेम्बरबाट सुरु हुँदैछ । सिरिजको दोस्रो खेल २३ सेप्टेम्बरमा रहेको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल २५ सेप्टेम्बरमा रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १ : ३० बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल