मैले अँगालो हालेँ,  प्रचण्डले छुरा रोपे : ओली « Khabarhub

मैले अँगालो हालेँ,  प्रचण्डले छुरा रोपे : ओली


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याएको बताएका छन्।

पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसाबले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताएका हुन् ।

मुलुकलाई शान्ति र स्थिरता तथा विकासको बाटोतर्फ अघि बढाउन अबको निर्वाचनमा एमालेले हार्न नहुने उनले बताए। ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अब यसलाई रोक्नुपर्ने धारणा राखे। एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरू मध्ये कसैले पनि एक्ला एक्लै चुनाव लड्ने आँट गर्न नसकेको तर्क गरे। उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफूलाई नै साधारण सदस्यबाट निष्कासन गरेको बताए। कम्युनिष्ट आन्दोलनलाई प्रचण्डले बेइमानी र धोका दिएको उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका थिए।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ३ : १९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु