डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री खापुङ « Khabarhub

डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री खापुङ


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणका निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताएका हुन् । उनले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनाका काम पनि भइरहेको जानकारी दिए । 

 लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशैभरि सञ्चालन गरिरहेको उनले बताए । मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र विषादी छर्नका लागि विज्ञहरूको सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताए । उनले डेंगु प्रभावित बिरामीको उपचार भइरहेको र अन्य अस्पताललाई पनि तयारीको अवस्थामा राखिएको जानकारी दिए ।

अनेरास्ववियुले डेंगु नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न र विद्यार्थीलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने भन्दै मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाएको हो । 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : २७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा