कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’ « Khabarhub

कार दुर्घटना हुँदा युक्रेनी राष्ट्रपति जेलेन्स्की ‘सामान्य घाइते’


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए ।

‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने ।

‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले यात्रुवाहक कारका चालकलाई आपतकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरे’ प्रवक्ताले जारी गरेको फेसबुक पोस्टमा उल्लेख छ ।

जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान निकायका अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ ।

यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको छ । हमलापछि उक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान भनिएको छ ।

क्रिभी रिहको दुई वटा जिल्लाका झन्डै दुई दर्जन वस्ती जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले जानकारी दिए । बाँध फुटेको ठाउँमा १०० क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक) को गतिमा पानी झरेको जनाइएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ५ : ३४ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर