हुलाकी राजमार्ग: ७२ प्रतिशत निर्माण सम्पन्न | Khabarhub Khabarhub

हुलाकी राजमार्ग: ७२ प्रतिशत निर्माण सम्पन्न


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तराई-मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ ।

आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि  ठेक्का आह्वान भएर काम अघि बढेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । चालु  आवमा डेढ सय किमी काम काम हुने निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए । पूर्व-पश्चिम सडकमा झण्डै एक सय किमी र उत्तर र दक्षिणतर्फ झण्डै ५० किमी कालोपत्र गर्न बाँकी छ ।

अहिले काम भइरहेकामा कतिपय ठाउँमा ‘स्ट्रक्चर’ कतै ग्राभेल कतै ‘बेस’ भइसकेको उनले बताए । ‘झापा–मोरङसम्ममा बेस भएको छ र कालोपत्र गर्न बाँकी छ’, प्रमुख झाले भने, ‘बेसको काम भइसकेका ठाउँमा आगामी वर्ष काम सकिनेछ ।’

आयोजनाअन्तर्गत पूर्व-पश्चिम जोड्ने सडकसँगै १० सहायक सडक छन् । समग्र आयोजनाको झण्डै दुई सय ५० किमी सडक र पूर्व-पश्चिमको डेढ सय किमी सडक ठेक्का प्रक्रियामा जान बाँकी छ । यी खण्डमा यो वर्ष ठेक्का आह्वानका लागि प्रक्रियामा रहेको र अनुकूल भएपछि प्रक्रिया अघि बढाइने छ भने निकुञ्ज र वन क्षेत्रमा स्वीकृति आएपछि प्रक्रिया अघि बढाउन सकिने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको नवलपुरबाट सुस्ता पूर्वसम्म, कपिलवस्तु-दाङ-बाँकेसम्मको खण्डमा ठेक्का गर्न बाँकी छ । बाँके र बर्दिया जोड्ने ३१ किमी लामो नेपालगञ्ज-गुलरिया सडक गत बुधबार शिलान्यास भएको थियो । ठेक्का आह्वान गर्न बाँकी खण्डमा प्रक्रियामा जान सकिने प्रमुख झाले बताए । उनले भने, ‘इआइए र डिपिआर भइसकेको छ । अब ठेक्का अघि बढाइनेछ ।’ 

ठेक्का आह्वान गर्न बाँकी डेढ सय किमीमा नै वातावरणीय अध्ययन स्वीकृत भएको छ । बहुवर्षीय ठेक्कामा जान स्रोत सुनिश्चित गर्न पनि बाँकी रहेको र त्यसका लागि पनि प्रक्रिया अघि बढाइएको प्रमुख झाले बताए ।  निकुञ्ज र वन क्षेत्रमा वातावरणीय असर पुग्ने भन्दै निर्माण अघि बढाउन सहमति नभएपछि विगतदेखि नै वन क्षेत्रको विकल्प खोज्न छलफल भएको थियो । अहिले दाङ र बाँकेको कल्याणपुर-रुपडिया-राजपुर जङ्गल क्षेत्र भएकाले वैकल्पिक मार्गका विषयमा छलफल भइरहेको छ ।

सडक र पुल दुवै सम्पन्न हुन अब दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ । जम्मा दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय २५ वटा सम्पन्न भएको छ । झण्डै ८०-९० पुल निर्माणाधीन छन् भने अझै पनि ४०-५० पुल ठेक्कामा जान बाँकी छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले अब प्रक्रियामा जान सकिने उनले बताए ।

अहिलेको कामको गतिका आधारमा विसं २०८२/८३ सम्ममा सडक र पुल सबै सम्पन्न हुनसक्ने बताइएको छ । विगतका वर्षहरूमा कोभिडका कारण काममा बाधा पुगेकाले पनि अवधि थप भएको प्रमुख झाले जानकारी दिए । आयोजनामा पहिले धेरै रुग्ण पुल रहेकामा अहिले कम भइरहेको छ । रुग्ण पुलका अवधि थप गरेर काम भइरहेको छ । चालु आवमा रुग्ण पुलको निर्माण सकिने तर कन्काई पुल, कान्द्रा, बिरिङ, कमला पुललगायत १० वर्ष पहिले शुरु भएका पुलहरू नै सम्पन्न गर्न बाँकी छ । 

सार्वजनिक खरिद नियमावलीको बाहैँ संसोधनबमोजिम काम हुनसक्ने देखिएको सबै ठेक्काको अवधि असारसम्म थप गरिएको छ । रुग्ण ठेक्कामा यो अवधिमा यति प्रगति गर्नुपर्ने भनी तोकिएको उनले बताए । ‘तीन महिना र छ महिनामा यति-यति गरिसक्नुपर्ने भनी निर्धारण गरिएको छ’, प्रमुख झाले भने, ‘अवधि असारसम्म भएपनि काम नगर्दा तोड्ने प्रक्रियामा अहिले पनि जान सकिन्छ ।’ 

विगतमा कतै निर्माण व्यवसायीका कारण, कतै कोभिडका कारण त कतै निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा काम नगर्ने व्यवसायीको निर्णय (कन्सट्रक्सन होलिडे) का कारण निर्माणमा बाधा पुगेको थियो । विगत वर्षहरूमा कोभिडका कारणले पनि निर्माणमा अवरोध पुगेको थियो । कतिपय स्थानमा निर्माण व्यवसायीले काम नगरेर ढिलाई भएको  थियो । ‘कन्सट्रक्सन होलडे’ को समयमा कतिपयले गरेपनि अन्यले गरेका थिएनन् ।

आयोजनामा गत आवमा शतप्रतिशत प्रगति थियो । एक सय ४६ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा १५० किमीमा कालोपत्र भएको थियो । सोह्रवटा  पुल निर्मार्ण गर्नुपर्नेमा १४ वटा निर्माण भएको आयोजनाले जनाएको छ । सो आयोजनाले  आब २०६५/६६ मा निर्माण शुरु गरेर आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो  तर पछि त्यसलाई संशोधन गरेर आव २०७९/८० पुर्‍याइएको थियो । 

राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामाकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो । पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५/६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटीमा’ काम हुन सकेन । भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३/७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व-पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो ।

– सञ्चिता घिमिरे रासस

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ५ : ३६ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १