‘राष्ट्रिय मुद्रा सङ्ग्रहालयले मुलुकको प्राचीन सभ्यताको मापन गर्छ’ « Khabarhub

‘राष्ट्रिय मुद्रा सङ्ग्रहालयले मुलुकको प्राचीन सभ्यताको मापन गर्छ’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको प्राचीन सभ्यता, इतिहास, संस्कृति तथा सभ्यतालाई मापन गर्न तत्कालीन मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको आज उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले देशको इतिहासलाई क्रमबद्धरुपमा झल्काउने प्रमुख स्रोतका रुपमा प्राचीनकालमा विकसित मुद्रा तथा सङ्ग्रहालयको महत्व हुने उल्लेख गर्दै उक्त कक्षमा इतिहास दर्शाउने मुद्राको संकलन गरिनु उपलब्धि भएको बताए । 

नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता, अनुसन्धानकर्ता र शोधकर्ताका लागिसमेत उपयोगी हुने विचार व्यक्त गर्दै मन्त्री श्रेष्ठले सो सङ्ग्रहालय पर्यटनका लागि  आकर्षणको केन्द्र रहेको बताए ।

उनले मुलुकको इतिहास सङ्ग्रहालयमा देखिने भएकाले यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । सङ्ग्रहालयको विकासका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले सो अवसरमा जानकारी दिए ।

सङ्ग्रहालयमा सङ्कलित मुद्रालाई नेपालको ऐतिहासिक कालखण्डअनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने इसापूर्व पाँचौँ शताब्दीदेखि इसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्का सङ्ग्रहालयमा राखिएका छन् । सङ्ग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरको माला तथा औँठी पनि राखिएका छन् । छाला तथा माटोका मुद्रा रहेको सङ्ग्रहालयमा राखिएका मुद्रा सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियमलगायत धातुबाट बनेका छन् ।

सङ्ग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा महँगो मुद्राका रुपमा ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा समेत सूचिकृत भएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय मुद्रा सङ्ग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहाससम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ५ : ५१ बजे

कांग्रेसले एकसाथ ७ नेतालाई सोध्यो स्पष्टीकरण, पार्टीका उम्मेदवारविरुद्ध लागेको आरोप

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको