एकपटक घुम्नैपर्ने नेपालका चार ठाउँ | Khabarhub Khabarhub

एकपटक घुम्नैपर्ने नेपालका चार ठाउँ

‘जसले नेपाल र नेपालीको वास्तविकता बुझ्न सघाउँछ’


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दसैँ र तिहारलाई घुमघामको रमाइलोको समयका रुपमा पनि लिइन्छ । केही समय फूर्सद र साथीभाई भेटिएका बेला दसैँ र तिहारमा घुमघाम गर्न सजिलो पनि हुन्छ ।

साथीभाइ भेटिदा घुमघाम गर्नु जीवनको एक क्षण सुरक्षित गर्नु पनि हो । किनकी साथीभाइ, घुमघाम, रमाइला पलको आनन्द लिन सँधै सँधै समय मिल्दैन । आन्तरिक पर्यटनका रुपमा दसैँ तिहारको घुमघामलाई धेरैले रोचक रुपमा पनि लिने गर्छन् ।

यो बेला घुम्नका लागि अलिकति पैसा र धेरैजसो साथीभाइ सजिलै भेटिन्छन् । नेपालीका लागि पैँसा र साथीभाइ भेटिनु पछिल्लो समय मूश्किल बन्दै गएको छ । आन्तरिक पर्यटन फस्टाउँदै गएका बेला नेपालीले एकपटक घुम्नैपर्ने चार ठाउँका बारेमा संक्षिप्त चर्चा गरिएको छ।

१. पाथीभरा

पाथीभरा नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो । खासगरि सगरमाथालाई धेरै विदेशीले रोजाईको ठाउँ बनाए पनि नेपालको भूगोल, भाषा, परिवेश र पर्यटनको महत्व बुझ्न एकपटक पाथीभरा पुग्नुपर्छ । पूर्व नेपालको सबैभन्दा उचाइमा रहेको पाथीभरा धार्मिक हिसाबले पनि पर्यटकको घूइँचो लाग्ने ठाउँ हो ।

एकपटक पाथीभरा पुग्नुपर्छ भन्ने चेत आम नेपालीमा खुल्दै गएको छ । पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण धार्मिक क्षेत्रमा पर्ने पाथीभरा जाँदा भौगोलिक आनन्द, हिउँ र हिमालको दृश्य देख्न सकिन्छ । यसका साथै झापा, इलाम, पाँचथरदेखि ताप्लेजुङसम्मको यात्रा पनि तय गर्न सकिन्छ ।

इलामको चियाबारी हेर्नेदेखि पूर्वी नेपालको रहनसहन र जनजीवन बुझ्न पनि पाथीभरा निकै महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । पछिल्लो समय बाइक तथा गाडीमा पाथीभरा मन्दिरको दर्शन गर्न पुग्नेको संख्या बढ्दो छ ।

२. मुस्ताङ

नेपालको घुम्नैपर्ने अर्को ठाउँ हो, मुस्ताङ । पोखरा विश्वकै सस्तो गन्तव्यका रुपमा परिचित हुँदा मुस्ताङ नेपालीका लागि लोकप्रिय ठाउँ हो । जहाँ गएपछि धेरै कुराको आनन्द लिन सकिन्छ । नेपाल जस्तो भौगोलिक बनावटमा मुस्ताङ एउटा विशेष यात्रा गर्ने ठाउँ हो ।

काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्जदेखि पूर्व नेपालका विभिन्न ठाउँबाट मुस्ताङ पुग्नेको संख्या बढ्दो छ ।

हिमाली जनजीवन र त्यहाँको कठिनाई नियाल्ने एक प्रमुख गन्तव्य पनि मुस्ताङ हो । सम्भवतः नेपालमा मुस्ताङ जस्तो भौगोलिक ठाउँ, क्षेत्र, माटो, पहाड र अवस्थितीको विशेषता अरु ठाउँमा सायदै छ । मुस्ताङ पुगेपछि नेपालको मध्य पहाडको जनजीवनबारे राम्रोसँग अध्ययन गर्न पाइन्छ ।

३. शे–फोक्सुन्डो ताल

नेपालमा घुम्नैपर्ने अर्को एक महत्वपूर्ण पर्यटकीय गन्तव्य शे–फोक्सुन्डो हो । डोल्पामा पर्ने शे–फोक्सुन्डो ताल पहाडहरुको बीचमा रहेको एक सुन्दर तलाउ हो । मुगुको सुलिचौरबाट हिँडेर एक दिनमा पुग्न सकिने शे–फोक्सुन्डो नेपालको भौगोलिक अवस्थामा फरक विशेषता बोकेको ताल हो ।

कर्णालीको जनजीवन बुझ्न र कठिनाई देख्न एकपटक शे–फोक्सुन्डो पुग्नुपर्छ । फोक्सुन्डोको मनोरम दृश्यसँगै कर्णालीका हिमाली जिल्लाको भाषा, भेषभुषा, रहनसहन, चालचलन आदीको राम्रो अध्ययन र अनुभव गर्न पनि फोक्सुन्डो एक विशेष गन्तव्य हो ।

फोक्सुन्डो पुग्नु नेपालको जनजीवनमा एक कठिन र विशेष अनुभव प्राप्त गर्नु हो ।

४. बडिमालिका

पछिल्लो समय सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बनेको ठाउँ हो, बडिमालिका । युवा पर्यटन अभियान्ता कञ्चन राई घुमन्तेले विशेष गरि एक्सप्लोर गरेको बडिमालिका सुदूरपश्चिमको सुन्दरता झल्काउने विशेष ठाउँ हो ।

जनैपूर्णिमामा विशेष मेला लाग्ने बडिमालिकाको चर्चाले पछिल्लो समय खप्तड ओझेलमा पर्न थालेको छ । हरियाली पाटन, प्राकृतिक सुन्दरता र धार्मिक विश्वासले बडिमालिका चर्चित मानिन्छ । बडिमालिका घुम्न जाँदा सुदूरपश्चिमको पूरा जनजीवन अध्ययन गर्न पाइन्छ । खासगरि अपी र सैपाल हिमालको दृश्य पनि बडिमालिका जाँदा हेर्न पाइन्छ ।

पश्चिम नेपाललाई राम्रोसँग बुझ्न, भौगोलिक कठिनाईको अध्ययन गर्न र प्रशस्त पर्यटकीय सम्भावनाबारे घोत्लिन पनि एकपटक बडिमालिका पुग्नुपर्छ ।

फोटो स्रोत : हिमालय भट्ट

पाथिभरा, मुस्ताङ, फोक्सुन्डोपछि बडिमालिका पुगेपछि नेपालको भूगोल र जनजीवन राम्रोसँग अध्ययन गर्ने अवसर पनि मिल्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : १५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट