साउदीमा एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने « Khabarhub

साउदीमा एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने



दोहा – साउदी जवाजतको नयाँ नियम ल्याएसंगै अब ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा)  लागेका नेपालीहरुले २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको छ।

नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको र केही आवेदकको एक्जिट भिसा लागेको ५-६ दिन भैसकेको जनाइएको छ। दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएकाहरुले एक हप्ताभित्र साउदी छोडिसक्नु पर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ।

आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्यादभित्रै साउदी छोडी सक्न दूतावासले अनुरोध गरेको छ। यसअघि एक्जिट भिसा लागेकाहरुले ६० दिनभित्र स्वदेश फर्किसक्नु पर्ने नियम थियो भने अहिले घटाएर दुई हप्तामा झारिएको हो।

थप ११४ नेपालीलाई एक्जिट भिसा 

साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ११४ नेपालीले एक्जिट भिसा पाएका छन्।

२-१३ अक्टोबरमा रियाद र दमामबाट पक्रिया थालिएका मध्ये ११४ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : १५ बजे

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

राँझा– कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत

च्यासलमा खोलाको बहाव बढेपछि आवतजावतमा रोक (तस्बिरहरू)

काठमाडौं– ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय आसपासको क्षेत्रमा खोलाको

नुवाकोटको धुन्चेमा त्रिशूली नदीले सतर्कता तह पार गर्यो, खतराको जोखिम

काठमाडौं– त्रिशूली नदीले नुवाकोट क्षेत्रमा सतर्कता तह पार गरेको छ

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान

न्युयोर्क– बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट