साउदीमा एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने « Khabarhub

साउदीमा एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने



दोहा – साउदी जवाजतको नयाँ नियम ल्याएसंगै अब ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा)  लागेका नेपालीहरुले २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको छ।

नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको र केही आवेदकको एक्जिट भिसा लागेको ५-६ दिन भैसकेको जनाइएको छ। दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएकाहरुले एक हप्ताभित्र साउदी छोडिसक्नु पर्ने रियादस्थित नेपाली दूतावासले जनाएको छ।

आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्यादभित्रै साउदी छोडी सक्न दूतावासले अनुरोध गरेको छ। यसअघि एक्जिट भिसा लागेकाहरुले ६० दिनभित्र स्वदेश फर्किसक्नु पर्ने नियम थियो भने अहिले घटाएर दुई हप्तामा झारिएको हो।

थप ११४ नेपालीलाई एक्जिट भिसा 

साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ११४ नेपालीले एक्जिट भिसा पाएका छन्।

२-१३ अक्टोबरमा रियाद र दमामबाट पक्रिया थालिएका मध्ये ११४ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : १५ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको