पछिल्लो ९ वर्षदेखि सञ्चालनमा छैन चौरजहारी विमानस्थल « Khabarhub

पछिल्लो ९ वर्षदेखि सञ्चालनमा छैन चौरजहारी विमानस्थल


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन।

विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो। देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो। आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दसैँतिहारमा सञ्चालन गरिने आशा गरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन्।

तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दसैंतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वासन दिइए पनि विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको स्थानीयको गुनासो छ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन। २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो।

विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ।  पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ। विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन्।

विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लिन समस्या हुँदै आएको छ। भेरी करिडोरको बीचमा पर्ने यो विमानस्थल सञ्चालनमा आए सबै भन्दा बढी बिरामीहरूले लाभ उठाउने अपेक्षा लिइएको छ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार