मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह « Khabarhub

मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उनले बताए ।

व्यास नगरपालिका वडा नं २, ३ र ४ का मतदान केन्द्र अपाङ्गतामैत्री भए/नभएको स्थलगत अवलोकनसमेत गरिएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले जानकारी दिए। सो अवसरमा जिल्ला निर्वाचन अधिकृत ढकालले निर्वाचन मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आवश्यक पहलकदमी भइरहेको उनले बताए ।

उक्त कार्यक्रममा सहृदयी मञ्च तनहुँ नेपालका सचिव कृष्ण थापा, रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोला, सदस्य किशोर न्यौपाने र यम राई अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको सदस्य जानुका खनाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : ०४ बजे

निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि

कांग्रेसले प्रतिनिधि सभाको चुनाव लड्ने

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको

विराटनगरविरुद्ध पाँच ब्याटर सस्तैमा गुमेपछि संकटमा काठमाडौं

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेलमा

पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव

दमौली– पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५

नकुहिने फोहर बिक्रीबाट सात लाख आम्दानी

तनहुँ– जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो