दिक्तेल-साप्सुखोला सडक स्तरोन्नतीमा ढिलासुस्ती  « Khabarhub

दिक्तेल-साप्सुखोला सडक स्तरोन्नतीमा ढिलासुस्ती 


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडकअन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो ।

अस्पतालचोक–दुबेचिवा  सडक खण्ड स्तरोन्नतीको काम ढुकुछुरबगालेरबिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछुरबगालेरबिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । 

यस्तै, दुबेचिवा–साप्सुखोला सडक खण्ड स्तरोन्नतिको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

तर, करिब चार महिना म्याद बाँकी रहँदा दुबै सडक खण्डको काम निराशाजनक छ । सडक स्तरोन्नतीमा ढिलासुस्ती हुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिका आवतजावत गर्न सास्ती भइरहेको छ । विशेषगरी सामान्य वर्षाकै कारण दिक्तेलदेखि साप्सु खोलाबबीचका सडक हिलाम्मे हुने गरेको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : २५ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर