अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा « Khabarhub

अर्घाखाँचीमा त्रिपक्षीय प्रतिस्पर्धा


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीमा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीदेखि कांग्रेस नेतृ पुष्पा भुसालसहितका नेताहरूले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालको उम्मेदवारीले अर्घाखाँचीमा तरंग सृजना गरेको छ ।

१५ वर्षदेखि अर्घाखाँचीमा एकछत्र राज गर्दै आएका रायमाझीदेखि जिल्लाको प्रतिनिधित्व गर्दै संसद्मा पुगेकी पुष्पा भुसालको अगाडि जिल्लामै रहेर सामाजिक गतिविधिमा सक्रिय भुसालको उम्मेदवारीले चुनावी रौनक बढेको छ । रायमाझी र भुसाल मैदानमा रहे पनि स्वतन्त्र पत्रकार संघको अध्यक्ष भएर सामाजिक गतिविधिमा देखाएको सक्रियताले आफूले निर्वाचन जित्ने दाबी गर्छन पत्रकार भुसाल । 

यता, एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल भने अर्घाखाँचीको प्रतिनिधित्व गर्दै विभिन्न मन्त्रालयसहित उपप्रधानमन्त्री समेत बनिसकेका टोपबहादुर रायमाझीको प्रतिस्पर्धा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसालसँग मात्र रहेको बताउँछन् । स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि अर्घाखाँचीमा आफूहरूको सहज जित हुने कांग्रेस नेताहरूको अपेक्षा छ । ‘हामीसँग यसै पनि बहुमत छ,’ कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले भने ।

घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले आफ्नो प्रतिष्पर्धा कुनै व्यक्ति वा पार्टीसँगभन्दा पनि प्रवृत्तिसँग रहेको जिकिर गरे । यो पटक अर्घाखाँचीले नयाँ सन्देश दिने उनको विश्वास छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  २ : ४७ बजे

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका