सुकुम्बासी बस्तीका ५० परिवारलाई न्यानो कपडा वितरण « Khabarhub

सुकुम्बासी बस्तीका ५० परिवारलाई न्यानो कपडा वितरण


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजसेवामा सक्रिय मीना राणाले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरेकी छिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू प्रदान गरेकी हुन्।

सुकुम्बासी बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित नहुन भनेर डसना, तन्ना र ब्ल्याङकेट वितरण गरिएको हो। अघिल्ला वर्षहरूमा चिसो मौसममा सुकुम्वासी बस्तीका मानिसहरू बिरामी पर्दै आएकाले यसपटक उनीहरूलाई न्यानो राखेर जोगाउन ओढ्ने ओछ्‌याउने वितरण गरिएको राणाले बताइन्।

उनले भनिन्, ‘डेँगु  लागेर मानिसहरू हप्तौँ महिनौँ थलिँदा पनि सरकारले केही गरेन। अब त झन् चिसो मौसम आयो। ती सुकुम्वासी परिवारहरूलाई ज्यान जोगाउन गाह्रो छ। पहिला जस्तै चिसोले बिरामी नहुन । न्यानोमा सुत्न पाउन भनेर डसना, तन्ना र ब्ल्याङकेटलगायतका सामग्री गरिब परिवारलाई बाँडेका हौँ। ‘

अरू ठाउँमा रहेका विपन्न परिवारलाई सहयोग गर्ने मिना राणाले बताइन् आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्तिहरूलाई आउँदा दिनमा पनि सहयोग गर्ने मिना राणाले प्रतिबद्धता जनाइन्।

राहत वितरण गर्दै मिना राणाले गरिब घरपरिवारलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रममा समेटेर जीवनस्तर सुधार गराउनुपर्ने धारणा राखिन्।‘महाभूकम्प होस्, या  कोभिड महामारी होस्। डेँगु होस्, चिसो सिरोटो होस् या गर्मीमा लाग्ने झाडापखालाका रोग, जुनसुकै संकट आउँदा गरिब जनता, मजदुर वर्ग नै मरिरहेका हुन्छन्। बाढी पहिरो, आँधी हुरीबाट हुने क्षतिहरू पनि धेरैजसो गरिबलेनै भोगि रहेका छन्। पसिना बगाउने मजदुर वर्ग नै पीडित छन्’ उनले भनिन्, ‘जो २४ सैँ घण्टा काम गरेर पनि एक पेट खान पाउने अवस्था छैन। सबै निमुखा, ज्यालादारी मजदुर तथा सबै जनताको जीवनस्तर सुधार्नुपर्छ। यसको लागि सरकारले तत्काल केही कार्यक्रम ल्याउनुपर्छ।’

 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ०८ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,