सुकुम्बासी बस्तीका ५० परिवारलाई न्यानो कपडा वितरण « Khabarhub

सुकुम्बासी बस्तीका ५० परिवारलाई न्यानो कपडा वितरण


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजसेवामा सक्रिय मीना राणाले काठमाडौंको सिनामंगलस्थित बाग्मती नदी किनारमा बस्ने अति विपन्न सुकुम्वासी बस्तीमा न्यानो ओढ्नेसहित राहत वितरण गरेकी छिन्। शनिबार बिहान सिनामंगल भत्केको पुलस्थित फुटबल मैदानमा करिब ५० घर परिवारलाई जाडोबाट बच्ने कपडाहरू प्रदान गरेकी हुन्।

सुकुम्बासी बस्तीका विपन्न परिवार चिसोबाट प्रभावित नहुन भनेर डसना, तन्ना र ब्ल्याङकेट वितरण गरिएको हो। अघिल्ला वर्षहरूमा चिसो मौसममा सुकुम्वासी बस्तीका मानिसहरू बिरामी पर्दै आएकाले यसपटक उनीहरूलाई न्यानो राखेर जोगाउन ओढ्ने ओछ्‌याउने वितरण गरिएको राणाले बताइन्।

उनले भनिन्, ‘डेँगु  लागेर मानिसहरू हप्तौँ महिनौँ थलिँदा पनि सरकारले केही गरेन। अब त झन् चिसो मौसम आयो। ती सुकुम्वासी परिवारहरूलाई ज्यान जोगाउन गाह्रो छ। पहिला जस्तै चिसोले बिरामी नहुन । न्यानोमा सुत्न पाउन भनेर डसना, तन्ना र ब्ल्याङकेटलगायतका सामग्री गरिब परिवारलाई बाँडेका हौँ। ‘

अरू ठाउँमा रहेका विपन्न परिवारलाई सहयोग गर्ने मिना राणाले बताइन् आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्तिहरूलाई आउँदा दिनमा पनि सहयोग गर्ने मिना राणाले प्रतिबद्धता जनाइन्।

राहत वितरण गर्दै मिना राणाले गरिब घरपरिवारलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रममा समेटेर जीवनस्तर सुधार गराउनुपर्ने धारणा राखिन्।‘महाभूकम्प होस्, या  कोभिड महामारी होस्। डेँगु होस्, चिसो सिरोटो होस् या गर्मीमा लाग्ने झाडापखालाका रोग, जुनसुकै संकट आउँदा गरिब जनता, मजदुर वर्ग नै मरिरहेका हुन्छन्। बाढी पहिरो, आँधी हुरीबाट हुने क्षतिहरू पनि धेरैजसो गरिबलेनै भोगि रहेका छन्। पसिना बगाउने मजदुर वर्ग नै पीडित छन्’ उनले भनिन्, ‘जो २४ सैँ घण्टा काम गरेर पनि एक पेट खान पाउने अवस्था छैन। सबै निमुखा, ज्यालादारी मजदुर तथा सबै जनताको जीवनस्तर सुधार्नुपर्छ। यसको लागि सरकारले तत्काल केही कार्यक्रम ल्याउनुपर्छ।’

 

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ०८ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा