राजनीति

‘एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भन्छन्’ 

By खबरहब

October 15, 2022

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भनेर प्रचार गिररहेको बताए । शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न सुझाव पनि दिए ।

काठमाडौंको कमलपोखरी बनाउन रोक्न सक्रिय नहुनेहरूले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर मत बटुल्ने प्रयास भएको उनको भनाई छ । उनले काठमाडौं ४ मा एमालेबाहेक अरु कसैले विकास गर्न नसकेको दाबी गरे ।

उनले जनसहभागितालाई बढाएर अपुरा कामलाई पुरा गर्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभाबाट राष्ट्रिय रुपमा जनतामाझ पुगेर मुलुकको विकास गर्नुपर्ने उनको भनाई छ ।