बुहारीलाई निशुल्क स्नातक पढाइने « Khabarhub

बुहारीलाई निशुल्क स्नातक पढाइने


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गौरादह– झापाको गौरादह नगरपालिकाले बुहारीहरूलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरूलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ ।

नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस् भनेर यो कार्यक्रम ल्याइएको बताए । उनका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो । 

यस्तै नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाअन्तर्गत ५५ महिलाले अस्पतालसम्म पुग्न यो सेवा लिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । यस्तै गौरादह नगर अस्पतालसमेत नगरपालिकाले सञ्चालन गरेको छ ।

पन्ध्र बेडको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ०२ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको