शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था स्थिर « Khabarhub

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था स्थिर


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था हुन सकेको छैन । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको अस्पतालले जनाएको छ । 

अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको हो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरु गरिएको थियो । ‘हिजोको तुलनामा उहाँको स्वास्थ्यमा खासै सुधार भएको छैन, स्वास्थ्य अवस्था स्थिर नै छ’, विज्ञप्तिमा भनिएको छ । 

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस