घरेलु उद्योग बन्दै आरन | Khabarhub Khabarhub

घरेलु उद्योग बन्दै आरन


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पाको वगनासकालीयम्घाका खिमबहादुर विश्वकर्माले बाली उठाउन छोडेको पाँच वर्ष भयो । खिमबहादुरले चापपानी-तानसेन सडकखण्डको छेवैमा घरेलु उद्योग सञ्चालन गर्न थालेका छन् । ‘हजुरबुबाको पालादेखि बालीघरमा काम गथ्र्यौ, बुबाको निधनपछि छोडियो’, खिमबहादुरले भने, ‘अहिले नगदमै कारोबार हुन्छ, श्रमको मूल्य पाएका छौं ।’

गाउँघरमा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरो जस्ता कृषि औजार तथा हतियारमा धार लगाउने जस्ता काम बालीघरे प्रथा अनुसार हुँदै आएका थिए । वर्षभरि औजारमा धारलगाएबापत दुई-तीनपाथी धान, चामल, मकै, कोदो लगायतका अन्न घरघर पुगेर उठाउँदै आउनुपरेको थियो । 

‘आँगनको डिलमा बसेर अन्न माग्नुपथ्र्यो’, खिमबहादुर विगत सम्झँदै भन्छन् ,’माग्न आयो जस्ता शब्द प्रयोग गर्थे ।’ श्रम गरेर पनि मगन्ते हुनुपर्दा दुःखलागेको खिमबहादुरले सुनाए । उनले गएको वर्षदेखि मासिक रु एक हजार पाँच सय तिर्नेगरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

उनले काँचो फलाम खरिद गरी सीपको प्रयोगबाट नयाँ कृषि औजार र हतियार बनाउने गर्छन्। यहाँबाट हँसिया, कुटो, कोदालो, बञ्चरो, खुँडा, भाला जस्ता फलामका औजार तानसेन, बुटवललगायतका बजारमा बिक्री हुँदै आएका छन् । बगनासकाली– ९ चापपानीका टेकबहादुर विकले पनि बालीघरे प्रथा हटेपछि आरन पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउन थालेका छन् । 

विगत १६ वर्षदेखि फलामका घरेलु हतियारको काम गर्दै आएका टेकबहादुर दैनिक फलामका घरेलु हतियारमा धार लगाउने र नयाँ औजार बनाउने गर्छन्। मासिक रु ३५ हजार देखि ५० हजार सम्मको कारोबार गर्ने उनले बनाएका खुँडा, भाला जस्ता हतियार चाडवाडमा पशु बध गर्नका लागि विभिन्न क्षेत्रमा बिक्री हुने गरेका छन् । ‘दसैँमा मात्रै ५० हजारको बेचे, मन्दिर, कोटघर र घरायसी प्रयोगमा बढी बिक्री हुन्छ’, टेकबहादुरले भने, ‘१७ वर्ष हली भएर गोरु जोते, आरनलाई व्यावसायिक गर्न थालेपछि राम्रै कमाइ भएको छ, छोरोछोरी पढाउन समस्या परेको छैन् ।’ उँघरमा घाँस काट्ने हँसिया, धान काट्ने दँतिया, कोदालो, कोदाली, बञ्चरो, खुँडा, भालालगायत कृषि औजार र घरेलु हतियारको बढी प्रयोग हुँदै आएका छन् ।

जिल्लाको बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादवी गाउँपालिका लगायतका स्थानीय तहले परम्परागत आरनलाई व्यावसायिक बनाउन सहयोग गरेका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार स्थानीय तहले ‘ग्रेन्डर’, ‘वेल्डिङ’ जस्ता सामग्री र व्यवसाय स्थापना गर्न जस्ता पाता सहयोग गरेका छन् । परम्परागत आरनमा लागत मूल्य बढी पर्ने हुँदा फलाम काट्न र जोड्न सजिलोका लागि मेसिनरी सामग्री सहयोग गरिएको अध्यक्ष चिदीको भनाइ छ । 

यहाँका ३० बढी परिवारले परम्परागत आरन पेसा गर्दै आएका छन् । उनीहरुमध्ये २० जनाले व्यावसायिक घरेलु उद्योगको रुपमा आरन सञ्चालन गर्न थालेका छन् । तानसेन तथा बुटवल जस्ता सहरबाट कच्चा सामग्री ल्याएर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ६ : ५३ बजे

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको

छ सय २० किलो गाँजा बरामद

मलेखु – धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई

प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

काठमाडौं – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी – सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका