बङ्गुरपालनबाट वार्षिक पाँच लाख आम्दानी | Khabarhub Khabarhub

बङ्गुरपालनबाट वार्षिक पाँच लाख आम्दानी


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

म्याङ्लुङ– चिमले बारेको घर । घरको छेउछाउ साना–साना बङ्गुरका खोर । त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन्  तेह्रथुमको म्याङलुङ – ३ कृषि टोल निवासी जोगबहादुर फागु । उनी ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्थे । संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गथ्र्यो फागुलाई । 

संस्थाको सुकिलोमुकिलो जागिर छोडेर अहिले उनी कृषि पेसामा रमाउन थालेका छन्  । पहिलेदेखि कृषि पेसामा रुचि राख्ने फागुले २०५२ सालदेखि व्यावसायिक रुपमा बङ्गुर पाल्न थाले।  दुई वटाबाट सुरु गरेको उनको फार्ममा अहिले ६० बङ्गुर छन् । उनले अहिले व्यावसायिक बङ्गुर पालनबाट आफ्नो जीवन गुजारा चलाउँदै आएका छन्। मेहनत गरेमा आफ्नै गाउँठाउँमा नै विभिन्न व्यवसाय गरेर विदेश वा जागिरमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनी सबैका लागि उदाहरण बन्न थालेका छन् ।

उनले बङ्गुर पालेर नै आठ जनाको परिवार  धान्दै आएका छन्। उनी भन्छन् , ‘बङगुर पालेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु, घरखर्च चलाउन सहज भएको छ । यसबाट वार्षिक पाँच लाख आम्दानी हुन्छ ।’

 सानैदेखि बङ्गुरपालन गरेर आफ्नो जिन्दगी चलाउने उनको सोच थियो । आफू सानो हुँदा घरमा बङ्गुर पालेकाले आफूले यही पेसा गर्ने मनसाय राखेर बङ्गुरपालन गरिरहेको फागुले बताए ।

विदेशमा गएर पनि धेरै मेहनत र पसिना नबगाइ हुँदैन । धेरै दुःख पाइन्छ । भाषा बुझिँदैन त्यसैले आफ्नै देशमा पसिना बगाउनुपर्ने उनको धारणा छ । उनी  भन्छन्,  ‘विदेशमा माटो, पानी, बिरुवा सबै बाहिर देशबाट ल्याएर हराभरा बनाउँछन् । हाम्रोमा त प्रकृतिले नै सबै थोक दिएको  छ । अब कृषि र पशुपालन व्यवसायमा रुपान्तरण गर्न युवापुस्ताको खाँचो छ । ‘

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ०८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले