वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड « Khabarhub

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोगमा जोड दिइएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।

भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापकसमेत रहेका इन्जिनियर दुवालले प्राकृतिक विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यही कारण प्रकृतिलाई जीवन्त बनाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको जोड थियो ।

भौतिक संरचनाको निर्माणमा प्रयोग हुने परम्परागत निर्माण सामाग्रीहरू जस्तै इँटा, बालुवा, झ्यालढोकालगायतका निर्माण सामग्री प्रकृतिको दोहनबाटै बन्ने गरेको उनले बताए । माटोबाट इँटा, खानीबाट बालुवा अनि रुखविरुवा काटेर बनेका काठबाट झ्यालढोका बन्ने भएकाले वातावरण विनाश नगरी बनेका निर्माण सामाग्रीहरूको उपभोग गर्नुपर्नेमा उनको जोड थियो ।

‘हिजाआज यी निर्माण सामाग्रीको विकल्पका रूपमा विभिन्न आधुनिक निर्माण सामग्री पनि बजारमा आइरहेका छन् । यीमध्ये इको प्यानल पनि एक होु, नेपाल इको प्यानलका सिइओसमेत रहेको इन्जिनियर दुवाल भन्छन्,’ जे भए पनि प्राकृतिक विनाशलाई रोक्नमा सबैले सहयोग गरौं भन्ने लाग्छ ।
इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।ु

इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ३४ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह