निर्वाचन जनताका लागि आएको हो : नेता सिटौला | Khabarhub Khabarhub

निर्वाचन जनताका लागि आएको हो : नेता सिटौला


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन् । झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए । निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।

‘यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन’, झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, ‘मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ ।’

उनले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताए । ‘जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु’, उनले भने, ‘स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ ।’

जनतालाई खुसी, समृद्धिलगायतका शब्दले नपुग्ने बताउँँदै उनले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिए। गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गरे। गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ४० बजे

नेपालका अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

मोरक्को–  नेपालका अजय कुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व

बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

बागलुङ– बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न

स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशु स्वागत घर स्थापना

कैलालीको घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल

कैलाली– विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल

मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु

लेबनान – इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान