पाकिस्तानविरुद्ध नेपालको सहज जित « Khabarhub

पाकिस्तानविरुद्ध नेपालको सहज जित


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ । शनिबार भएको खलेमा नेपाल पाकिस्ताविरुद्ध ३.५–०.५ ले विजयी भएको हो ।

तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफुभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे ।त्यसैगरी दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।

प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।

तीन राउण्डको समाप्ति पश्चात आयोजक बंगलादेश ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १० : ४६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति