जाडोको समयमा छालाको हेरचाह कसरी गर्ने ? « Khabarhub

जाडोको समयमा छालाको हेरचाह कसरी गर्ने ?

हातमा पञ्जादेखि खुट्टामा जुत्तासम्म लगाउँदा ध्यान दिनुपर्ने



काठमाडौँ : जाडो याममा छालामा धेरै प्रकारका समस्या देखा पर्ने गर्छन् । चिसोमा छाला सुख्खा हुने, हावा अनि चिसोले एलर्जी हुने, फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यो समयमा धेरैले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ ।

जाडो मौसममा छाला सुख्खा हुँदा चहर्‍याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुनेजस्ता समस्याले प्रायलाई सताएकै हुन्छ । त्यसैले, जाडो मौसममा अनुहार र हातलाई मात्रै स्याहार नगरी शरीरको सम्पूर्ण छालालाई ध्यान दिनुपर्ने छाला रोग विशेषज्ञ डाक्टर शम्भु जोशीको आग्रह छ ।

नियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापना आउने छाला रोग विशेषज्ञ डा. जोशी बताउँछन् । सुगर, ब्लड प्रेसर, मिर्गौला औषधि सेवन गर्नेको छालामा सुक्खापना बढी देखिने गर्छ ।

छालामा सुख्खापन कसरी आउँछ ?

जाडोमा धेरैले चिसो हुन्छ भनेर गर्मी याममा भन्दा कम पानी पिउँदा सुक्खापन आउने गर्छ । खानपिनमा ध्यान नदिँदा समस्या सिर्जना हुन्छ ।

यो मौसममा धेरैले तातो पानीले नुहाउँदा, साबुनको धेरै प्रयोग गर्दा छालामा समस्या आउने गर्छ । जाडोमा धेरै लामो समयसम्म घाममा बस्दा शरीरमा घामका विकिरण छिर्दा पनि छालामा समस्या आउन हुन सक्छ ।

जुन पायो, त्यही मोस्चराइजर क्रिम र साबुनको प्रयोग गर्दा छालामा विभिन्न खालका समस्या देखिने गर्छ ।

जाडोमा छाला जोगाउन
जाडो मौसममा छालामा समस्या आउन नदिन सबै भन्दा पहिला प्रशस्त पानी पिउनु पर्छ । यसका साथै खानपानमा जोड दिन जरुरी हुन्छ ।

जुन पायो, त्यही साबुनले नुहाउँदा छालामा धेरै सुक्खापन आउन सक्छ । त्यसैले जाडो र गर्मी मौसममा नुहाउँदा प्रयोग गरिने साबुन फरक फरक हुनुपर्छ ।

जाडोमा नुहाउँदा कसैलाई ग्लिसिरिनयुक्त साबुनको प्रयोग गर्नुपर्ने हुन सक्छ भने कसैलाई मोस्चराइजर साबुन प्रयोग गर्नुपर्छ
छालालाई सुख्खा हुन नदिन अनुहारलाई मात्रै बढी ख्याल नगरेर हात, खुट्टामा नियमित बिहान बेलुका मोस्चराइजर या नरिवलको तेलको प्रयोग गर्नुपर्छ । नुहाइ सकेपछि मोस्चराइजर लगाउनुपर्छ ।

ओठमा लीपबाम लगाउने, अनुहारमा नियमित सनस्क्रिनको प्रयोग गर्नुपर्छ । जाडोमा सामान्य छाला पनि खस्रो हुने भएकाले छाला सुख्खा हुन नदिन नियमित रूपमा धेरै चिल्लो भएको मोइस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ ।

जाडोमा जुत्ता लगाउँदा पातलो सोल भएको लगाउन हुँदैन । ‘स्पोर्टस’ जुत्ता लगाउनु पर्छ । यस्तै, हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनु पर्छ ।

जाडोमा ऊनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुख्खा भएर चिलाउने गर्छ । त्यसले शरीर चिलाउने हुँदा सुतीको पातलो लुगा लगाएरमात्र बाहिरबाट उनीको लुगा लगाउनुपर्छ ।

कुनै पनि एलर्जी दुई तीन दिनमा पनि डिक भएन भने चिकित्सकको सल्लाह लिएर मात्रै औषधिको प्रयोग गर्नुपर्छ ।

आहार–विहारमा विशेष ध्यान
केही खाद्यपदार्थबाट पनि सेन्सेटिभ स्किनमा एलर्जी हुन्छ । त्यस्ता खाद्यपदार्थ पहिचान गरी तिनबाट टाढै रहनुपर्छ । तनावका कारण छालाको उमेर रोक्न कठिनाइ हुन्छ । तनावले शरीरमा त्यस्ता हार्मोनको स्तर वृद्धि हुन्छ, जसले मुहारमा दाना सिर्जना गर्छ । त्यसैले तनावमुक्त रहने प्रयास गर्नुपर्छ ।

छालालाई स्वस्थ राख्न सन्तुलित एवं पौष्टिक खानेकुरा खानुपर्छ । सेन्सेटिभ स्किन भएकाहरूका लागि कटन र सिल्कका पहिरन उपयुक्त हुन्छन् । मेकअप उतार्दा पनि कटन बल्स नै प्रयोग गर्नु राम्रो हुन्छ ।

 

(छाला रोग विशेषज्ञहरुसँगको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको