महिला भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी | Khabarhub Khabarhub

महिला भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी

हर्मोन र चिन्ताले झर्छ कपाल


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चिसो बढेसँगै धेरै मान्छेमा कपाल झर्ने समस्याले धेरै सताएको छ। शरीरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा पनि कपाल झर्ने गर्छ। कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ। कपाल झर्नाका थुप्रै कारण छन्। तीमध्ये कपालको उचित सरसफाइ र स्याहार नपुराउँदा पनि कपाल झर्ने गर्छ। के कारणले गर्दा कपाल झर्छ ? यसै विषयमा आधारित भएर छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. सन्जु बाबुसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो कपाल झर्ने समस्यालाई कसरी बुझ्ने ?
यो एकदमै सामान्य समस्या हो। विभिन्न कारणमध्ये धेरै मान्छेमा हर्मन जिन र चिन्ताको कारणले हुनसक्छ। सबै भन्दा बढी हुने भनेको हर्मोनको कारणले हो। त्यसमा पनि एन्ड्रोजन हर्मोनको कारणले केटाकेटी दुबैमा हुन्छ। अर्को, ड्राई हाइड्रो टेस्ट टेस्ट टेरोन हार्मोन को सेन्सेटिभिटी हाई भएर कपालको जराहरू सानो पातलो र सुक्दै जाने हुन्छ। यो युवामा पारिवारिक रूपमा वंशमा कसैलाई छ भने आउँछ। अर्को एलोपेसिया एरियटा भन्ने हुन्छ, त्यसमा कपालको वा टाउको विभिन्न भागबाट गोलो गोलो रिङजस्तो गरेर जसलाई नेपाली भाषामा खोइरो लागेको भन्छौँ। त्यसरी पछि झर्छ। प्राय महिलाहरूको कपाल झरिरहने, पातलिने समस्या लिएर धेरै आउनु हुन्छ। कहिले काही हामी डाइटिङ गर्ने भन्दैमा खाँदै नखाने, प्रोटिनको मात्र घटाइदिने गर्दा पनि कपाल झर्न सक्छ। अप्रेसन गरेका मानिसमा, तातो पानीको प्रयोग गर्दा स्याम्पु फरक फरक लगाउँदा पनि कपाल झर्न सक्छ। सबै भन्दा बढी झर्ने भनेको चिन्ताले हो।

स्याम्पु र कान्डिसनर प्रयोग गर्दा जरादेखि नै प्रयोग गर्ने हो ?
कपालमा सकेसम्म कन्डिसनर प्रयोग गर्दा जरा भन्दा १ सेन्टिमिटर भन्दा माथि बाट नै प्रयोग गरेको राम्रो हो।

कपाल झरेपछि सौन्दर्य घट्नको साथै अरू कुनै असर गर्छ त ?
मान्छेलाई कपाल नभएर खासै फरक पर्दैन। तर, मान्छेको कपाल पातलिँदै गएपछि पिर चिन्ता बढ्छ र बुढो देखिन्छ। २२ वर्षको केटोको कपाल छ भने दाइ भन्छ तर २२ वर्ष कै केटो तर कपाल छैन भने अंकल भन्छन्। त्यो फरक छ। यसले मानसिक रुपमा ठूलो अन्तर देखाउन सक्छ।

यो समस्या महिलामा बढी हुन्छ कि पुरुषमा ?
कपाल झर्ने समस्या महिलाको भन्दा पुरुषमा कपाल बढी झर्छ। महिला कस्मेटिक रूपमा अगाडि भएको कारणले धेरै झरेको फिल हुन्छ। केटाहरूको छोटो भएर पनि यो धेरै देखिँदैन।

कपाल झरेर तालु हुने अवस्था कसरी आउँछ ?
एउटा एन्ड्रोजेनेडिक इलोपेसिया भन्ने हुन्छ यो जिनमा भएको बाबा आमा र मामामा छ भने यो आउँछ। यो ३० प्रतिशत मान्छेमा आउँछ। यो ड्राई हाइड्रो टेस्ट टेस्ट टेरोन हार्मोनको सेन्सेटिभिटि हाई भएपछि हाम्रो अगाडिको भागबाट सुरु हुन्छ त्यो एरियामा त्यो हर्मन सेन्सेटभ कपालको जराहरू हुन्छ त्यसमा त्यो हर्मको कारणले जराहरू विस्तारै सुक्दै जान्छ। जसलाई हामी ‘मिनिएचराइजेसन अफ हेयर फोलिकल’भन्छौँ। त्यो फोलिकल सुकिसके पछि हामीले केही गर्न सक्दैनौ त्यो सुक्न नदिई उपचार गर्दा तालु हुँदैन। कतिपय मानिसहरू सुरुमा आउँदैनन् ढिलो आएपछि औषधिले राम्रोसँग काम गर्दैन र त्यसको लागि हामीले सर्जिकल ट्रिटमेन्ट गर्छौँ या कपाल ट्रान्सप्लान्टे सन गर्नु पर्ने हुन्छ।

प्रत्यारोपण गर्दा कसरी गर्ने ?
कपाल प्रत्यारोपण गरेपछि कपाल बढ्दैन भनेर बुझ्नु हुन्छ। त्यो गलत हो। आफ्नै पछाडि पट्टी जुन ठाउँमा बाक्लो कपाल छ त्यहाँबाट जुन ठाउँमा कपाल पातलो भएको छ त्यहाँ जरै सम्म ल्याएर प्रत्यारोपण गर्छौँ त्यो सामान्य र प्राकृतिक कपाल हो जुन बढ्छ र तान्दा दुख्छ। कपाल भनेको बारीमा बोट बिरुवा रोपेको जस्तै रोप्ने हो हेरचाह गर्नु पर्दछ र यो बढ्छ भन्ने बुझ्नु पर्दछ। कपाल प्रत्यारोपण गर्दा मान्छेलाई बेहोस बनाउनु पर्दैन। हामीले पछाडि पट्टी सफा गर्छौँ र नदुख्ने सुइँ लगाएर जरा सहित एक एक गर्दै कपाल निकाल्छौँ र अगाडि जहाँ तालु खुइलिएको छ त्यसमा नरम बनाएर सानो सानो प्वाल बनाउँछौँ कहाँ कपाल राख्ने भनेर त्यो प्वालमा एक एक गर्दै कपाल हाल्छौँ त्यसको लागि टिम नै भएर गर्नु पर्छ एक जनाको गर्न दिनभरी जस्तो नै लाग्छ। एउटा तालुमा कपाल रोप्न ६ देखि ८ घण्टा लाग्छ सक्छ।

धेरै ठाउँमा यहाँ कपालको प्रत्यारोपण गरिन्छ भनेर साइन बोर्ड राखिएको हुन्छ। जहाँ गएर प्रत्यारोपण गरे पनि हुन्छ ?
नेपाल सरकाले कस्तो ठाउँमा प्रत्यारोपण गर्ने भनेर भनेको छैन।यहाँ प्रत्यारोपण गरिन्छ भनिन्छ तर अनुभव राखिएको हुँदैन। हामीलाई जसले सस्तोमा गर्यो त्यो राम्रो भन्छौ र त्यहाँ गरेर बिग्रिसके पछि हाम्रोमा आउनेको संख्या पनि बढी छ।

प्रत्यारोपण गरेपछि टाउकोमा कुनै असर हुन्छ कि हुँदैन ?
खासै असर गर्दैन किनभने बेहोस बनाएर गरिँदैन। इन्जेक्सन लगाएर गर्ने हो। त्यस कारण गरिसकेपछि ३ देखि ४ दिनसम्म निधार सुनिने, चिलाउने हुनसक्छ। कसैलाई पछिपछि छुँदा थाहा नपाउने पनि हुनसक्छ पछि निको हुन्छ। गिदी नै खलबलिने भन्ने हुँदैन। हामीले चलाउने भनेको छाला मात्र हो भित्र केही चलाउने होइन।

कपाल प्रत्यारोपण गर्न लाग्ने खर्च सबैको पहुँचमा छ ?
अहिले मान्छेको सोचाइ परिवर्तन भइरहेको छ। एउटाले गरेको देखेपछि मानिसहरु गर्न थाल्छन्। नेपालमा केही हस्पिटलमा प्रत्यारोपण गरिन्छ। यो गर्न सबैलाई सहज जस्तै छ कसैले नसक्नेले पनि बैकिंङ सिस्टम इएमआइ बाट पनि गर्न सक्छन्।कपाल पत्यारोपण गर्न ठ्याक्कै यति नै खर्च लाग्छ भनेर भन्न सकिँदैन। कति जनाको टिमले काम गरेको छ, कति प्रत्यारोपण गरेको छ, त्यसको आधारमा खर्च लाग्छ । तीनदेखि चार हजार कपाल रोप्दा डेढदेखि दुई लाख खर्च हुन्छ।

प्रत्यारोपण गरेपछि कपाल झर्छ कि ?
कपाल झर्न सक्छ किनभने हामीले मान्छेको पछाडिको कपाल अगाडि ल्याएर रोप्ने हो। त्यसैले तर पहिलाको जुन हिसाबमा झरेर तालु भएको हुन्छ त्यस्तो चाहिँ हुँदैन।

कपाल प्रत्यारोपण गरेपछि के के कुरामा ध्यान दिने ?
धेरै कुरामा ध्यान दिनु पर्दछ, प्रत्यारोपण गरे पछि सुरुको ५ देखि ७ दिन यो ठाउँलाई सफा गर्ने औषधिहरू खाने, दुईदेखि तीन हप्तामा कपाल झर्न सक्छ र त्यो फेरि आउँछ र त्यो आएको कपाल बढ्दै जान्छ। त्यसरी बढ्दै गएर ९ महिनादेखि एक वर्षपछि मात्र प्राकृतिक रूपमा कपाल पाइन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : १३ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले