निर्वाचनलक्षित तीन दिन सार्वजनिक बिदा « Khabarhub

निर्वाचनलक्षित तीन दिन सार्वजनिक बिदा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मङ्सिरमा बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मङ्सिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मङ्सिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ११ : ३६ बजे

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका