नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई « Khabarhub

नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्वत– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका नौवटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने एक सय ४८ मध्ये नौवटा केन्द्रका मतदान अधिकृतका रूपमा महिलालाई पठाउन लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको कर्मचारी विवरणमा उल्लेख छ ।

विवरणअनुसार कुश्मा नगरपालिका-३ को काफलचौर मावि (ग) केन्द्रमा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रकी  सहायक प्रशासकीय अधिकृत रञ्जना कट्टेल, नारायण मावि (ख) केन्द्रमा नापी अधिकृत निशा अधिकारी, शिवालय मावि केन्द्रमा पर्यटन तथा उद्योग कार्यालय पर्वतमा कार्यरत अधिकृत मुना अधिकारीलाई खटाइएको छ ।

युवा वर्ष आधारभूत विद्यालय (ख) केन्द्रमा जिल्ला हुलाक कार्यालयबाट हुलाक अधिकृत सरिता अधिकारी, मङ्गलोदय मावि (ख) केन्द्रमा डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत अरुणा पौडेल, सार्वजनिक मावि (ख) केन्द्रमा जिल्ला कारागारकी प्रमुख शिला श्रेष्ठ, फर्सेधाइरिङ मावि (ख) केन्द्रमा नवजागृत माविकी शिक्षक रुचिला सापकोटा, जननेत्र मावि (ख) केन्द्रमा कुश्माको आधारभूत स्वास्थ्य केन्द्रकी जानकी रिजाल शर्मा र सरस्वती मावि (ख) केन्द्रमा अन्नपूर्ण माविकी शिक्षक अम्बाकुमारी शर्मालाई पठाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : १३ बजे

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका