जिल्लाका २६ मतदान केन्द्र ‘अति संवेदनशील’ | Khabarhub Khabarhub

जिल्लाका २६ मतदान केन्द्र ‘अति संवेदनशील’


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लामा २६ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाइएको छ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदनशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

भौगोलिक विकटता, अन्य केन्द्रका तुलनामा अधिक मतदाता सङ्ख्या भएको तथा गत निर्वाचनमा भएका घटनाका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रलाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।

‘सामान्य भनिएका केन्द्रमा पनि घटना हुने गर्छन्, सामान्यतया भौगोलिक विकट्तालाई संवेदनशील मानिन्छ’ पाण्डेले भने। प्रजिअ पाण्डेका अनुसार संवेदनशील ठानिएका केन्द्रमा आवश्यक सुरक्षाकर्मीको व्यवस्थापनसँगै गृहमन्त्रालयको निर्देशानुसार छुट्टै सुरक्षा रणनीति अपनाइन्छ । काभ्रेपलाञ्चोकको तीन लाख १० हजार ६३ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि तीन हजार एक सय १२ कर्मचारी र एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिँदैछ ।

यसैगरी जिल्लामा एक हजार चार नेपाल प्रहरी र एक हजार आठ सय ८७ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रराज जोशीका अनुसार निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा आवश्यक थप चार सय २८ प्रहरी व्यवस्थापन भइरहेको छ । 

यस्तै कर्मचारी परिचालनकार्य अन्तिम चरणका पुगेको सदरमुकाम धुलिखेलस्थित मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंसेवक परिचालन हुनेछन् । हाल जिल्लाका दुई निर्वाचन अधिकृतको कार्यालय धुलिखेल र पनौतीमा मतदान केन्द्रमा पठाउन प्रत्यक्षतर्फको मतपत्र प्याकिङको काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार हाल व्यवस्थापन भइरहेका कर्मचारी मङ्सिर १ गते खटाइएको मतदान केन्द्रमा जानेछन् । कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले पनि मतदान गर्न पाउने व्यवस्थाअनुसार जिल्लाका पाँच अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिएको भट्टराईले बताए।

५० भन्दा धेरै अस्थायी मतदाता भएका स्थान सशस्त्र प्रहरी १५ नं गण पाँचखाल, जिल्ला कारागार कार्यालय, धुलिखेलस्थित कालिजंग गण र नेपाल प्रहरीका लागि एक केन्द्र र भकुण्डेस्थित नेपाली सेनाको बाहिनीमा अस्थायी राखिने भएको हो । 

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा एकतीस दल क्रियाशील रहेका छन् ।

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाता छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ३५ बजे

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि