सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ « Khabarhub

सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा ७३ वर्षीया वृद्धा सासूको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ बास्तोला र जैसीबीच वादविवाद भएको अनुसन्धानका क्रममा खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

डिल्लिसरा बस्दै आएको घरदेखि करिब एक हजार पाँच सय मिटरको दुरीस्थित कच्ची घरमा विवाद हुँदा बास्तोलाले धकेलेपछि ढुंगामा टाउको ठोक्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी र बास्तोला नाताले सासू-ज्वाइँ हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ५ : ५६ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा