विकासको अभियान अघि बढाउन एमाले चाहिन्छ : ओली « Khabarhub

विकासको अभियान अघि बढाउन एमाले चाहिन्छ : ओली


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताएका छन् ।

आज गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उनले भने, ‘वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।’

उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उनले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताए । देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहेका ओली आज ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ३३ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता