युक्रेनका लागि ज्यान समर्पित गर्दै ताइवानी | Khabarhub Khabarhub

युक्रेनका लागि ज्यान समर्पित गर्दै ताइवानी

‘जसले रुसविरुद्ध लडेर चीनलाई स्वाभिमानी शक्ति देखाइरहेका छन्’


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पश्चिम युक्रेनको सहर लविवमा सेङ सेङ गुवाङलाई उनकी आमाले अन्तिम पटक हेरेकी थिइन्। उनको छोरा हजारौँ माइल पर त्यस देशमा लड्दा लड्दै मरेका थिए, जहाँ उनी कहिल्यै पुगेका थिएनन्। ‘सेङ सेङ मेरो बाबु मलाई थाहा छ। तिमि धेरै बहादुर छौ’ उनले पछि भनिन् ‘तिमि सधैँ मेरो बच्चा हुने छौ र म तिमी माथि गर्व गर्ने छु।’

सेङ सेङ युक्रेन टेरिटेरियल डिफेन्स फोर्सका लागि अन्तर्राष्ट्रिय लेजनका लागि लडी रहेकै अवस्था गत महिना लेयमानको उत्तरी सहरमा मारिएका हुन्। युक्रेनका युद्ध गर्दा गर्दै मारिने उनी पहिलो ताइवानी हुन्। उनको मृत्यु पछि ताइवानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेङले युक्रेनी स्वतन्त्रताको लडाइँमा आफ्नो जीवन आहुति दिएको बताएको छ।

अहिले युक्रेनको पक्षमा लडाइँ लड्न हजारौँ विदेशी त्यहाँ पुगेका छन्। यसरी त्यहाँ पुग्ने मध्येको थोरै मात्र ताइवानी छन्। अन्दाजी १० जनाको हाराहारीमा त्यस युद्धमा सरिक भएका हुन्।

रुसको युक्रेन माथिको युद्धले ताइवानलाई पनि नराम्रोसँग झस्काएको छ। ताइवान एउटा स्वतन्त्र राज्य हो। तथापि चीनले आफ्नो अधीनमा चल्नु पर्ने र कुनै पनि समय सैन्य बल प्रयोग गर्न सकिने जनाउँदै आएको छ। चीनले मिनल्यान्डबाट यसलाई फरक देख्न नै चाहँदैन।

अगस्ट महिनामा अमेरिकी राजनीतिक नान्सी पेलोसीको भ्रमण पछि त्यहाँ तनाव अझ धेरै बढेको छ। चीनले त्यस भ्रमणको लगत्तै त्यहाँ सैन्य परेड गराएको थियो। सेङलाई अनलाइनको माध्यमबाट साथी बनाएका सेमी लिनका अनुसार एक दिन ताइवानमा पनि युक्रेनमा जस्तै हुने कुरामा सेङ सशङ्कित थिए।

रुसीहरूले युक्रेनीलाई यातना दिइएको तथा बेइमानी गरेको आफूलाई स्वीकार नभएको तथा चुप लागेर बस्नै नसकेको कुरा बारम्बार बताउने गरेका थिए।
लीनकै बुझाइमा सेङ आफ्नो अधिकारको बारेमा सचेत व्यक्ति थिए। ताइवानमा सैनिक सेवालाई अनिवार्य गरिएको छ। यस कारण जो कोही पनि त्यहाँबाट युक्रेनमा लडाइको समयमा जानका लागि बाटो खुला हुन सक्छ।

युक्रेनमा जाने निर्णय गर्ने अर्का ताइवानी युवा ज्याक याओ २८ वर्षका मात्र भए। राष्ट्रपति भालाडोमिर जेलेन्सकीले विदेशी स्वयंसेवकलाई युक्रेनलाई सहयोग गर्न यसै साता आहवन गरेका थिए। उनको आहनसँगै उनी त्यहाँ पुगेका हुन्। उनी ताइपेइबाट यात्रा गर्दै पोल्यान्ड भएर किभ पुगेका हुन्।

‘म गत वर्ष देखिको अवस्थालाई हेरि रहेको छु। रुसीहरूले सीमामा प्रशस्त सेना र ट्याङ्क थुपार्न थाले पछि नै यो सम्भावना देखिएको थियो। तर, कसैले पनि यसलाई विश्वास गरेनन्’ झाओले भनेका छन् ‘ताइवान जस्तो यस्तै अवस्था भएका देशले युक्रेनलाई सहयोग गर्नै पर्छ।’

उनी पनि जर्जीयाको लाइजनसँग मिलेर क्लोज कम्ब्याट मिसनमा काम गर्नका लागि तयार भइसकेका छन्। उनी त्यहाँ पुग्दा पनि रुसीहरू किभ कब्जा गर्नका लागि आफ्नो प्रयास गरी नै रहेका थिए।

‘त्यस समयमा बुच्चामा थुप्रै रुसी आक्रमण भएको थियो’ उत्तर तर्फको सहरका बारे उनले भने। उनले आफ्नै ५० मिटर पर एक जनाको ज्यान गएको बताए। त्यसै समयको सेरोफेरोमा उनले एक पटक ताइवानका सहकर्मीसँग भेट गर्ने अवसर पनि पाएका थिए।

‘ताइवानमा दुई वर्ष देखि रहेको एक युवाले युक्रेनसँगको परिस्थितिलाई ठ्याक्कै दाजु भाइको जस्तो भएको संज्ञा दिए। अहिले धेरेको मतमा ताइवान र युक्रेनको अवस्था सत प्रतिशत उस्तै छ। त्यस कारण युक्रेनमा पर्नु पनि हुँदैन भन्ने उनीहरूको ठहर छ। त्यहाँबाट घर गएर ताइवानको रक्षा गर्न पाउनु पर्ने उनीहरूको जिकिर छ।

ठुलो उत्साहले युक्रेन पुगेका याओ ताइवान फर्किएर कफी व्यापार गर्न सुरु गरी सकेका छन्। उनीहरू हालसालै युक्रेनबाट ताइवान फर्किएर ताइवान जोगाउने अभियानमा उनी अहिले सरिक छन्।

कोही ताइवानमा होलान् या कोही युक्रेनमा। सबैको आफ्नो आफ्नो धारणा हुन सक्छन्। आफ्नै मत हुन सक्छन्। कसैलाई युद्धमा सरिक हुन मन लागि रहेको छ। कसैलाई ताइवानमै रहने मन छ। के कुरा चाहिँ सत्य हो भने धेरै ताइवानी युवाहरू अहिले आफ्नै देशको अवस्था युक्रेनको जस्तो हुन सक्ने कुराले भयभीत छन्। केही युवाले ताइवानी झन्डा बोकेरै आफूहरू युद्धमा जाने बताइ सकेका छन्।

त्यस युद्धमा सरिक हुने सबैको मनमा भूराजनीतिक कुराको ज्ञान उत्तिकै छ भन्ने चाहिँ छैन। एक युवाको विचारमा ताइवानमा आक्रमण भए त्यस पछिको बाटो ताइवान र अमेरिकी सरकारको दुवैमा निर्भर रहने छ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले चीनले ताइवानलाई आक्रमण गरे जोगाउने अमेरिकी नीति यथावतै रहेको बताइसकेका छन्। अहिले अमेरिकाको ताइवान प्रतिको नीति यसलाई संरक्षित पनि गर्ने र यसमा शासन पनि नगर्ने भन्ने हो।

गत महिना वाइडेनले तत्कालमा चीनले ताइवान माथि आक्रमण गर्ने सम्भावना आफूले नदेखेको बताइ सकेका छन्। पछिल्लो समय बालीमा जी २० सम्मेलनको क्रममा वाइडेनको चिनिया राष्ट्रपति सी जी पीङसँग भेट भई सकेको छ।

ताइवान पब्लिक अपोनीयन फोरमका पल हुवाङका अनुसार पनि ताइवानमा चीनीमा आक्रमणको सम्भावनाको बारे मिश्रित प्रतिक्रिया रहेका छन्। उनकै विचारमा धेरै जनामा चिन्ता छैन। कतिपयलाई भने अहिलेको युक्रेनको अवस्थाका बारे पनि थाहा रहेन छ। धेरै जना चीनले आक्रमण गरी हालेमा अहिले युक्रेन टिकेको जस्तो लामो समय टिक्ने कुरामा विश्वास गर्न सकी रहेका छैनन्।

सेङकै आमाको अनुसार उनको छोराले अन्तिम समयमा रुसी सैनिक जत्था मध्येको पनि सबैभन्दा बलियो जत्थाको सामना गरी रहेका थिए।
रुसले युक्रेनमा आक्रमण गरेको दुई दिन पछि नै २७ फेब्रुअरीका दिन युक्रेनी राष्ट्रपतिले आफ्ना मित्र राष्ट्र तथा समर्थकका सामु सहयोगको याचना गरेका थिए। रुसले युक्रेनमा आक्रमण गने बित्तिकै यसले संसारलाई प्रभावित तुल्याएको थियो। नाटोले मात्र अर्बौँ डलरको हतियार, औषधी र केही उच्च स्तरीय सैन्य अधिकारी त्यहाँ खटाएको थियो।

त्यस पछि अमेरिका लगायत अन्य उसका सहयोगी देशको पनि युक्रेनलाई सैन्य सहयोग रहेको थियो। त्यसको दुई सातामा नै युक्रेनी राष्ट्रपतिले संसारका भरका ५२ देशका करिब २० हजार स्वयंसेवक त्यहाँ पुगेको बताएका थिए। सैन्य अनुभव नभएका कतिपय युवालाई नाटो, अमेरिकी र बेलायती सेनाले प्रशिक्षण दिएका थिए। यस पछि एउटा ठुलो समूह नै तयार भएको थियो जो, आफू नजन्मिएको देशका लागि मर्न तयार थियो।

युद्धमा विदेशी स्वयंसेवकको साथ खोज्ने प्रचलन भने धेरै पुरानो हो। सन् १०३६मा स्पेनलाई आवश्यक परेको समयमा हजारौँ अन्तर्राष्ट्रिय सेनाले सहयोग गरेका थिए। जर्मनीका व्यावसायिक सेनाको विरुद्धमा युद्ध गर्न स्पेनलाई अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको थियो।

तत्कालीन समयमा स्पेन र अहिले युक्रेन दुवैको अवस्था धेरै मिल्दो जुल्दो छ। त्यहाँको सेनालाई आत्मबल आवश्यक रहेको छ। युक्रेनी राष्ट्रपति जेलेन्सकीले हरेक समय यो युद्ध अपराध र रुसी आतङ्कको विरुद्धमा भएको बताउँदै आएका छन्। उनले युद्धमा संसार भरको सहयोग आवश्यक रहेको कुरा गत महिना पनि बताइ सकेका छन्।

पछिल्लो पटक उनको अभिव्यक्तिले धेरै असर गरेको ताइवानमा नै हो। यो युद्ध कति समय लम्बिने निश्चित छैन। तर, के निश्चित छ भने रुसी सत्ताको यो उन्मादका कारण युक्रेन मात्र होइन संसारका धेरै देशका युवाले ज्यान गुमाइरहेका छन्।

(स्रोत : बीबीसी, हरहवार्ड)

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ८ : ५१ बजे

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।