मध्यनेपालले प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्दै « Khabarhub

मध्यनेपालले प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्दै


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाअन्तर्गतका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ। १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको हो।

नगरपालिकाअन्तर्गत सबै वडा कार्यालयमा यसअघि नै सडक सञ्जाल पुगीसकेको र उक्त सडकहरुलाई स्तरोन्नति गरी कालोपत्रे सुरु गरीएको मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले बताए। चालु आर्थिक वर्षमा पाँचवटा वडाकार्यालय पुग्ने सडक कालोपत्रे शुरु गरेको नगरपालिकाले अर्को वर्ष सवै सडक कालोपत्रे सम्पन्न गर्ने नगरप्रमुख पाण्डेको भनाइ छ।

नगरपालिकाले बार्षिक रुपमा योजना बनाएर सबै वडा कार्यालयहरूसम्म पुग्ने सडक कालोपत्रे सुरु गरेको हो। चालु आर्थिक वर्षमा वडा नम्बर १ अन्तर्गत जिता बेसीदेखि वडा कार्यालय रहेको सातधारेसम्म कालोपत्रे सुरु भएको छ। त्यसैगरी वडा नम्बर २ अन्तर्गत सोतीपसलदेखि पाँडे गाउँ हुँदै वडा कार्यालयसम्म कालोपत्रे सुरु भएको नगरपालिकाले जनाएको छ।

त्यसैगरी वडा नम्बर ३ अन्तर्गत सोतिपसलकै क्याम्पस चोकदेखि वडा कार्यालयसम्म कालोपत्रे सुरु भएको छ भने वडा नम्बर ४ अन्तर्गत दुईपिप्लेबाट समिभन्ज्याङतर्फको र वडा नम्वर ७ मा मादि पुलदेखि लक्ष्मी बजारसम्म कालोपत्रे सुरु भएको छ।

वडा नम्बर ९ अन्तर्गत भोर्लेटारदेखि बाँग्रेबेसीसम्म कालोपत्रे सुरु भएको छ भने सोबाहेक वडा नम्बर १० मा पनि स्वाँरादेखि वडा कार्यालयसम्मको सडक कालोपत्रे सम्पन्न चरणमा रहेको नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षमा बाँकी रहेका वडा कार्यालयसम्म पुग्ने सडकलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गरीने नगरप्रमुख पाण्डेले बताए।

वडा कार्यालय पुग्ने सबै सडकलाई कालोपत्रे गर्नका लागि नगरपालिका आफैँले बजेट बिनियोजन गरेको हो। नगरपालिकाले वडा कार्यालय पुग्ने सडकबाहेक आफ्नै लगानीमा दुईपिप्ले सोतिपसल सडक खण्ड अन्तर्गत चर्दी खोलामा मोटरेवल पुलसमेत निर्माण गरेको जनाएको छ।

नगरपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे सकिएपछि नगरपालिकाले प्रत्येक बस्तीदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १२ : ०८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२