‘पद्मा- श्याम गोतामे पुरस्कार’ पाँडेलाई  « Khabarhub

‘पद्मा- श्याम गोतामे पुरस्कार’ पाँडेलाई 


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली हास्यव्यङ्ग्य साहित्यका एक धरोहर बरिष्ठ हास्यव्यङ्ग निबन्धकार श्याम गोतामे र उनकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा- श्याम गोतामे पुरस्कार’ बरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ ।

नगद एक्काईस हजार पुरस्कार राशि रहेको उक्त पुरस्कार पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो । 

कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरू विधान आचार्य, ओम श्रेष्ठ ‘रोदन’ राधेश्याम लेकाली, धिरेन्द्र प्रेमर्षी, देविका तिमल्सिना, गोतामेकि सुपुत्री निरा गौतमले हास्यव्यङ्ग्य निबन्धकार गोतामेको योगदानको चर्चा गरेका थिए ।   

कार्यक्रममा अभियान साहित्य कलाकार समाजका संरक्षक, हास्यव्यङ्ग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दंगाल, लगायतको उपस्थिति थियो। सम्मानित पाँडेले श्याम गोतामे खरो स्वभावको, निडर  तिखो व्यङ्ग गर्ने र आफ्नै बुबालाई समेत भ्रष्टाचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व भएको स्मरण गरेका थिए । 

पुत्रि गौतमले बुबाको नाममा पुरस्कार स्थापना गरेपछि आत्माले शान्ति पाएको विश्वास व्यक्त गरिन्। साथै उनले बुबाले हास्यव्यङ्ग्यमा दिएको योगदान बिर्सने नहुनेमा जोड दिइन् । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १ : १६ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ