जनताको रोजाइमा पहिलो पार्टी बनेको भन्दै विशेष कार्यक्रम गर्दै एमाले « Khabarhub

जनताको रोजाइमा पहिलो पार्टी बनेको भन्दै विशेष कार्यक्रम गर्दै एमाले


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालेले आगामी ५ पुसमा राजधानीमा ‘एमाले जनताको रोजाइमा पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा अध्यक्ष केपी ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्ने छन् । कार्यक्रमलाई एमालेले विजय, बधाई र उत्सवका रूपमा मनाउने भएको छ ।

गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन् । चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको भन्दै एमालेले विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू-पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ । 

 

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  २ : १४ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित