सेयर बजारमा १४.४८ अंकको गिरावट « Khabarhub

सेयर बजारमा १४.४८ अंकको गिरावट


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार बिहीबार ओरालो लागेको छ ।  सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंक घटेर ३६८.०४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ ।

यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारको आधारमा एनसीसी बैंक शीर्ष स्थानमा छ। यसको २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट बैंक र तेस्रोमा सिवाइसियलको कारोबार भएको छ।

यता, रुरु  जलविद्युत परियोजना र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ।  सबै उपसूचकहरु राताम्मै भएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ३ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको