सेयर बजारमा १४.४८ अंकको गिरावट « Khabarhub

सेयर बजारमा १४.४८ अंकको गिरावट


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार बिहीबार ओरालो लागेको छ ।  सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंक घटेर ३६८.०४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ ।

यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारको आधारमा एनसीसी बैंक शीर्ष स्थानमा छ। यसको २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट बैंक र तेस्रोमा सिवाइसियलको कारोबार भएको छ।

यता, रुरु  जलविद्युत परियोजना र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ।  सबै उपसूचकहरु राताम्मै भएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ३ : ३२ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको