‘पढ्दै कमाउदै’ कार्यक्रम लागू गरिने « Khabarhub

‘पढ्दै कमाउदै’ कार्यक्रम लागू गरिने


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भालुवाङ– दाङको राजपुर गाउँपालिकामा ‘पढ्दै कमाउदै’ कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकून् भन्ने उद्देश्यले  यो कार्यक्रम ल्याइएको पालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए । 

पालिकाले शिक्षा क्षेत्रमा समृद्धिको एउटा नमुना अभ्यास कार्यक्रमअघि बढाएको र यसबाट पढाइबाहेक खाली समयमा बालबालिकालाई  अर्थोपार्जनमा सहभागी गराइने उनले जानकारी गराए । पालिकाले कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिसकेको र  सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई काम दिएर आर्थिक रुपमा पनि बलियो बनाउने लक्ष्य लिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । 

पालिकाले सुरुवात गरेको यो कार्यक्रमप्रति अभिभावकहरूले पनि चासो दिँदै  पढाइसँगसँगै आयस्रोतमा जोडिनु सकारात्मक पक्ष भएकोले यसलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । यस कार्यक्रमले पढ्न चाहने  तर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई मद्दत मिल्ने वडा नं ६ का कमल रोकाले बताए । 

कैयौँ बालबालिका आर्थिक अवस्था कम्जोर भएकै कारण पढाइबाट वञ्चित हुने भएकाले उनीहरूलाई पनि यसै कार्यक्रममा जोड्न न्याय हुने उनको भनाइ थियो  गाउँपालिकाकी उपाध्यक्ष धनापतिदेवी यादवले बालबालिकाको भविष्यसँग जोडिएको शिक्षाजस्तो अति महत्वपूर्ण विषयमा  कुनै  सम्झौता हुन नहुने  बताइन् । हुनेखानेका छोराछोरी सहर केन्द्रित भएर पढिरहेका छन्, दूरदराजका बस्तीका सर्वसाधारणले सामुदायिक विद्यालयमै पढ्ने भएकाले अब सहर र गाउँका सामुदायिक विद्यालयको अवस्था उस्तै उस्तै गराउने हाम्रो उद्देश्यलाई सफल पार्न अभिभावक, शिक्षक, विद्यार्थी र कर्मचारीले सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । 

कक्षा १० मा अध्ययनरत छात्रा गौसरी घर्तीले कापी कलम किन्ने, परीक्षा शुल्क तिर्ने, खाजा खाने पैसा जुटाउन हामीलाई सहज हुने र र अब अध्ययनकै लागि ऋण लिनुपर्ने अवस्था  अन्त्य हुने बताइन् ।उक्त कार्यक्रम लागू गर्नुअघि गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, केही विद्यार्थीलाई अवलोकनका लागि अन्य जिल्लाका विद्यालयमा लगेको थियो। 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : ४० बजे

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा