राष्ट्रपति भण्डारीद्वारा ‘विराट एक्स्पो’ उद्घाटन « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा ‘विराट एक्स्पो’ उद्घाटन


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर-१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहकाबीच उद्घाटन गरेकी छिन् ।    

सो अवसरमा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय  अर्थतन्त्रमा टेवा पुर्‍याउन यस्ता एक्स्पोले सहयोग पुर्‍याउने बताइन्। राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबीच  अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्नेछ भनेकी छन् । 

उनले एक्स्पोबाट उत्पादनको खरिद बिक्रीमात्र नभई उद्यमी व्यवसायीबीच अनुभव र सिकाइको आदान-प्रदान हुनेछ भन्दै छिमेकी मित्र राष्ट्रका उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका सम्भावना खोजी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘यस औद्योगिक मेलाका माध्यमबाट यस क्षेत्रका पर्यटकीय गन्तव्य, कृषि, हस्तकला र औद्योगिक उत्पादनहरूको प्रवर्द्धनमा विशेष टेवा पुग्ने आशा राखेको छु ।’ राष्ट्रपति भण्डारीले विगत तीन वर्षदेखि कोभिड महामारीका कारण  शिथिल हुन पुगेको मुलुकको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले नेपालको इतिहासमा विराटनगरको विशिष्ट र सम्मानित पहिचान छ भन्दै यस क्षेत्रका उद्यमीहरूले सामाजिक क्षेत्रमा गरेको योगदान सधैँ प्रशंसनीय रहेको छ बताइन् ।

राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । प्रदेश नं १ प्रदेश प्रमुख पर्शुराम खापुङले देशको अर्थतन्त्र र औद्योगिक क्षेत्रमा प्रवर्द्धन गर्न एक्स्पोले मद्दत गर्ने बताइन् । उनले उद्योग सङ्गठनले औद्योगिक क्षेत्रमा खेलेको भूमिका रचनात्मक र प्रशंसनीय रहेको धारणा राखिन्।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्रलाई बलियो बनाउन नसकिने विचार व्यक्त गरे । उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकारबाट बञ्चित गराएको गुनासो गर्दै विकास र समृद्धिको सम्भावनाका साथै प्रकृति र संस्कृतिको हिसाबले यो प्रदेश समृद्ध छ भने।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उत्पादक र उपभोक्तालाई जोड्ने यस एक्स्पोबाट सबैले लाभ लिने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल र उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराट एक्स्पोको विविध पक्षमा जानकारी गर्दै ‘मेरो देश मेरै उत्पादन’ लाई सङ्गठनले बढावा दिएको धारणा राखे ।

विराटनगरलाई आर्थिकरूपमा चलायमान गराउन उद्योग सङ्गठन मोरङद्वारा सञ्चालित एक्स्पो आजदेखि पुस ६ गतेसम्म सञ्चालन हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए । एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादनसहितका तीन सय ६१ वटा स्टल रहनेछन् ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुतिका साथै फेशन शो र विराट एक्स्पो सिङ्गिङ आइडल प्रतियोगितालाई मनोरञ्जनको मुख्य आकर्षण बनाइएको एक्स्पोका संयोजक दुलालले जानकारी दिए। 

नेपालका साथै भारत, बङ्गलादेश र पाकिस्तानलगायत विभिन्न मुलुकका उत्पादन प्रदर्शनीमा रहने उनले बताए । एक्स्पोमा दुई लाख उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ६ : ०८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले