चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उनले बताए । गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए । 

यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उनले जानकारी दिए । बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ । सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । 

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९/८० मा पाँचवटा गैँडा मरेका छन् । 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : २३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव