सिद्धार्थनगरको सडक र फुटपाथ अतिक्रमण हटाइँदै « Khabarhub

सिद्धार्थनगरको सडक र फुटपाथ अतिक्रमण हटाइँदै


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ ।

सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचना हटाइएको छ ।

सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइन बोर्ड, फर्निचरलगायतका साम्रगी नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।   

‘हामीले विगत केही महिनादेखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’,  सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौं ।’

नियन्त्रणमा लिइएका सामाग्री लिन आउने व्यवसायीको व्यवसाय सम्बन्धका कागजात समेत हेर्ने गरिएको छ । यदि केही कैफियत देखिएमा त्यस उपर पनि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ७ : ४० बजे

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका