सिञ्जा गाउँपालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा « Khabarhub

सिञ्जा गाउँपालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा


२९ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीको घरमै पुगेर स्वास्थ्योपचार सेवा दिने गरेको छ । यहाँका ज्येष्ठ नागरिक र शारीरिकरूपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य संस्थाको पहुँचमा पु¥याउन निःशुल्क उपचार सेवासहित घरदैलोमै स्वास्थ्य सेवा दिने गरेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

सिञ्जाका स्थानीयवासीको आवश्यकताका आधारमा सेवा दिने गरिएको छ । अध्यक्ष धितालले भने, “ज्येष्ठ नागरिकका लागि र गर्भवती र सुत्केरी भइसकेकालाई प्रत्येक महिनामा घरदैलोमार्फत निःशुल्क स्वाथ्य सेवा दिइने कार्यक्रमको थालनी भएको छ ।” गर्भवती, ज्येष्ठ नागरिक र दमका बिरामीका लागि गाउँ केन्द्रित सेवा दिन गरेको सिञ्जाका अध्यक्ष धितालले जानकारी दिए ।

स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सेवा दिने गरिएको सिञ्जा गाउँपालिका स्वाथ्य शाखाका प्रमुख ललितजङ्ग रोकायाले बताए।

स्थानीय सरकारले हिउँदयाममा स्वास्थ्य सेवा गाउँमै दिन थालेपछि यहाँका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीलाई निकै राहत पुगेको छ । यो समयमा यहाँ अत्यधिक जाडो हुने गरेको छ । उपचार गर्ने स्वास्थ्य संस्थामा जान पनि ज्येष्ठ नागरिकलाई सकस हुन्छ । पालिकाका स्वास्थ्यकर्मीसहितको टोलीले गाउँमै सेवा दिँदा सिञ्जाका स्थानीयवासीलाई राहत मिलेको स्थानीयवासी लीला रावतले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : ३८ बजे

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा