वायुसेवा निगमको उडान पुनःसञ्चालन « Khabarhub

वायुसेवा निगमको उडान पुनःसञ्चालन


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को नियमित उडान पुनःसञ्चालन भएको छ ।

दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन । “हिजो दिउँसोदेखि नै उडान अवरुद्ध भएको थियो, निर्धारित उडान राति मात्रै भएको थियो । आज बिहानैदेखि उडान हुनसकेको थिएन । सहमतिपछि केहीबेर अघिबाट उडान सञ्चालन भएको छ”, प्रवक्ता खड्काले भने । राति ८ बजेपछि भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।

निगममा कार्यरत सबै क्याबिन क्रु को करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् । करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई बीना कारण करार नवीकरण नगरी सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए । नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ९ : ५० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न