वायुसेवा निगमको उडान पुनःसञ्चालन « Khabarhub

वायुसेवा निगमको उडान पुनःसञ्चालन


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को नियमित उडान पुनःसञ्चालन भएको छ ।

दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन । “हिजो दिउँसोदेखि नै उडान अवरुद्ध भएको थियो, निर्धारित उडान राति मात्रै भएको थियो । आज बिहानैदेखि उडान हुनसकेको थिएन । सहमतिपछि केहीबेर अघिबाट उडान सञ्चालन भएको छ”, प्रवक्ता खड्काले भने । राति ८ बजेपछि भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।

निगममा कार्यरत सबै क्याबिन क्रु को करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् । करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई बीना कारण करार नवीकरण नगरी सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए । नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ९ : ५० बजे

प्रधानमन्त्री सदनबाट बाहिरिएको सम्बन्धमा कांग्रेसले माग्यो जवाफ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे

काठमाडौं – सोमबार बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज

कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यक : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा कुपोषणको समस्या समाधानका

‘लालीबजार’ टिमलाई सर्वोच्चले बोलायो

काठमाडौं – फिल्म ‘लालीबजार’ टिमलाई छलफलका लागि सर्वोच्च अदालतले बोलाएको

भेरी नदीमा निर्माणाधीन पुलहरूको काम अझै अलपत्र

काँक्रेविहार– सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा