विदेशी विनिमय सञ्चिति बढ्यो « Khabarhub

विदेशी विनिमय सञ्चिति बढ्यो


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं -देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चालु आवको चार महिनामा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत कात्तिक मसान्तमा एक प्रतिशतले वृद्धि भई नौ अर्ब ६३ करोड कायम भएको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत कात्तिक मसान्तमा तीन दशमलव तीन प्रतिशतले वृद्धि भई रु १० खर्ब ९१ अर्ब २२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत कात्तिक मसान्तमा दुई दशमलव सात प्रतिशतले कमी आई रु एक खर्ब ५५ अर्ब पाँच करोड कायम भएको छ । गत कात्तिक मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव पाँच प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु ३५ अर्ब ४० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु दुई खर्ब २० अर्ब ९१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १८ दशमलव एक प्रतिशतले वृद्धि भई रु दुई अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४३ करोड आएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु दुई अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ६३ करोड प्राप्त भएको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  १० : ३७ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको