सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान « Khabarhub

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ । हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो । औषधि, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीसहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।

सरकारले विभिन्न दातृ संस्था र निजी क्षेत्रबाट संकलित सामग्री अफगानी जनताका लागि पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सेना फर्किएपछि सार्क मुलुक अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएको छ । तालिबानको सत्तालाई अन्तर्राष्ट्रिय समुदायले समर्थन जनाएका छैनन् । तालिबानको शासनसँगै अफगानिस्तानमा भुखमरी र स्वास्थ्य समस्या विकराल बन्दै गएको समाचारहरु प्रकाशित भएका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : २४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या