सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान « Khabarhub

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ । हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो । औषधि, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीसहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।

सरकारले विभिन्न दातृ संस्था र निजी क्षेत्रबाट संकलित सामग्री अफगानी जनताका लागि पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सेना फर्किएपछि सार्क मुलुक अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएको छ । तालिबानको सत्तालाई अन्तर्राष्ट्रिय समुदायले समर्थन जनाएका छैनन् । तालिबानको शासनसँगै अफगानिस्तानमा भुखमरी र स्वास्थ्य समस्या विकराल बन्दै गएको समाचारहरु प्रकाशित भएका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : २४ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले