लागूऔषधसहित सुर्खेत र दैलेखका १० जना पक्राउ « Khabarhub

लागूऔषधसहित सुर्खेत र दैलेखका १० जना पक्राउ


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुलबुले भ्यू टू होटेलबाट लागूऔषधसहित १० पक्राउ परेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित सो होटेलबाट १० व्यक्तिलाई पक्राउ गरेको हो ।

होटेलको कोठा नं २०६, २०३ र वीरेन्द्रनगर बजार एरिचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच गर्दा लागूऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जीत खड्का रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।

त्यस्तै, नारायण नगरपालिका–८ दैलेखका २३ वर्षीय दीपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुङ्गेश्वर गाउँपालिका–१ दैलेखका २४ वर्षीय डम्बर खड्का, महावै गाउँपालिका–३ कालीकोटका २२ वर्षीय जीवन सिंहलाई समेत पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ९ : ५० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल