सेयर कारोबारमा उछाल, बजारले २९२६ अंक पार गर्‍यो « Khabarhub

सेयर कारोबारमा उछाल, बजारले २९२६ अंक पार गर्‍यो


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ ।

यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म आइपुग्दा ६९ अंकले बढेर परिसूचक २९२६.७४ बिन्दुमा रोकिएको छ । यो दिन सेयर बजार २.४१ अंकले बढेको छ ।

२२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, सिन्धु विकास बैंकको सेयर मूल्य बढेको छ । यी कम्पनीमा लगानी गरेका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ३९.४७, विकास बैंक १४३.४२, फाइनान्स ५६.६२, जलविद्यूत ७५.२६, जीवन बीमा ३८९.५१, उत्पादन तथा प्रशोधन ४०९.८२, माइक्रोफाइनान्स ११०.४५, निर्जीबन बीमा समूहको उपसूचक २६६.२२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ४ : ३० बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार