भुलेर पनि नख्वाउनुहोस् बच्चालाई बट्टाको दूध « Khabarhub

भुलेर पनि नख्वाउनुहोस् बच्चालाई बट्टाको दूध


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि कतिपय आमाहरूले बच्चालाई स्तनपानको सट्टा बट्टाको दूध ख्वाउने गरेका छन् । शिशु नअघाउने, पर्याप्त दूध नआउने, आफूलाई असहज हुने लगायतका कारण देखाउँदै शिशुलाई बट्टाको दूध ख्वाउँदै आएका छन् । यसो गर्दा शिशुको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । स्तनपान र बट्टाका दूध बारे यी कुरा जान्न उपयुक्त छ ।

– अप्रेसन गरेर बच्चा जन्माउँदा सुत्केरी आमालाई शारीरिक रूपमा समस्या सिर्जना हुन्छ भनेर बच्चालाई बट्टाको दूध ख्वाउनु हुँदैन । सुत्केरी आमालाई केही समय गाह्रो भए पनि बच्चालाई आमाको दूध नै चुसाउने वा निचोर ख्वाउने गर्नु पर्दछ ।

– केहीले शिशुले आमाको दूध खान मानेन भन्दै बट्टाको दूध ख्वाउँछन् । तर भर्खर जन्मेको शिशुले राम्ररी स्तनपान गर्न जान्दैन तथापि निप्पलमार्फत बट्टाको दूध ख्वाउनु हुँदैन ।

– बट्टाको दूध ख्वाउनु नवजात शिशुका लागि हानिकारक हुन्छ । बट्टाको दूध खाएका बालबालिकामा पछि गएर मोटोपन, सरुवा रोग, पाचन प्रणालीमा समस्या देखिन सक्छ ।

– बच्चा जन्मेको ६ महिनासम्म पानी पनि नखुवाई आमाको दूध मात्रै ख्वाउनुपर्छ ।

– जन्मने बित्तिकै शिशुको पेट प्राकृतिक रूपमा सानो हुन्छ । आमाको स्तनबाट आउने बिगौती दूधले नै बच्चाको पेट भरिन्छ ।

– सुत्केरी आमाबाट आउने पहिलो बिगौते दूध बच्चाका लागि महत्त्वपूर्ण खोप र पोषण मानिन्छ । त्यसैले जन्मेको १ घण्टाभित्र बच्चालाई बिगौती दूध ख्वाउनुपर्छ ।

बच्चा ६ महिना पुगुन्जेल आमाकै दूधले पुग्छ । त्यसैले आमाको दूधले बच्चा अघाउँदैन, दूध राम्रोसँग आउँदैन भन्ने कुरा सोचिरहनु पर्दैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ४२ बजे

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण