संसदमा एमसीसी पेश हुने भएपछि रणनीति तय गर्दै प्रमुख दल « Khabarhub

संसदमा एमसीसी पेश हुने भएपछि रणनीति तय गर्दै प्रमुख दल


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो बहसपछि संसदमा अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि पेश हुने भएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट एमसीसी टेबुल हुने निश्चित भएपछि सत्ता गठबन्धन र प्रतिपक्षी दल आआफ्नो रणनीति तय गर्न छलफलमा व्यस्त छन् ।

नेपाली काँग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । दिउँसो साढे ११ बजे बस्ने कार्यव्यवस्था समिति बैठकमा एमसीसीलाई संसद बैठकको कार्यसूची बनाउने विषयमा छलफल हुँदैछ । सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै दलहरुले निर्णय गरेर ल्याए एमसीसी नरोक्ने प्रतिवद्धता जनाइसकेका छन् ।

यसअघि मंगलबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसी नपरे पनि कार्यव्यवस्था समिति बैठकले यसको टुंगो लगाउने छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरेका छन् ।

सत्ताको नेतृत्वकर्ता काँग्रेसले एमसीसी पेस गर्ने तयारी गरेपछि सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रपितपक्षी दल एमाले आन्तरिक छलफलमा जुटेका हुन् ।

प्रमुख दलले प्रतिनिधिसभा बैठक अघि पार्टी संसदीय दलको बैठक बोलाएका छन् । लामो समय बहस भइसकेकाले सरकार एमसीसी पारित गर्ने तयारीका साथ अगाडि बढेको छ । त्यसमा सत्ता गठबन्धनमा सहभागी दल र प्रतिपक्षी दलले साथ दिने काँग्रेसको विश्वास छ ।

एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरिसकेका छन् ।

सरकारले एमसीसी पेश गर्दा सत्तारुढ दलका नेता प्रचण्ड र नेपालले मौन समर्थन गर्ने रणनीति बालुवाटार बैठकले तय गरिसकेको छ । एमालेले भने यसअघि नै एमसीसी संसदमा पेश भएपछि त्यही धारणा राख्ने बताइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ३९ बजे

अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ

पोखरा – कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको

भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर)

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ– मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको

बागलुङको बेलढुङ्गा घरबासमा पाहुनाको ‘कोदोको सेलरोटी’

बागलुङ– पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ?

काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष