एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा « Khabarhub

एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन् ।

सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन थालेका हुन् ।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने भएको छ। अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ । एमसीसीबारे रणनीति तय गर्न आज बिहान १० बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ ।

त्यस्तै, एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसीसीविरुद्ध संसद भवन घेराउ गर्दैछ ।

अन्य दल र समूहको पनि प्रदर्शन

एमसीसीविरुद्ध अन्य दल र समूहले पनि प्रदर्शन गर्दैछन् । एमसीसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत पाँच कम्युनिस्ट पार्टीले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरुले बताएका छन् ।

‘एमसीसीविरुद्ध जनआन्दोलन-२०७८’ ले पनि बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसीसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ ।

राप्रपाका भातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद् भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ४८ बजे

रञ्जुले जितेको काठमाडौं १ मा एमाले र नेकपाको जमानत जफत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शनाले जित हासिल गरेको

स्याङ्जा–२ मा आयोगको निर्देशन- दलहरूलाई सहमति गराएर मतगणना अगाडि बढाउनू 

स्याङ्जा– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्याङ्जा–२ मा मतगणना

नवलपरासी पश्चिम-१ मा विनोद चौधरीलाई कांग्रेस छाडेका विक्रमको धक्का, तेब्बर मतले अगाडि

नवलपरासी पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

झापा ३ : राप्रपाका राजेन्द्रभन्दा रास्वपाका पाठक अगाडि 

काठमाडौं– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा

प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र