भारतीय टेस्ट कप्तान बन्दै ऋषभ ? « Khabarhub

भारतीय टेस्ट कप्तान बन्दै ऋषभ ?


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– विराट कोहलीले भारतीय टीमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छोडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी–२० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासी टेस्ट टोलीको कप्तानी छोडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेस्टको नयाँ कप्तान कसलाई बनाउने भन्ने छलफलमा जुटेको छ ।

कोहलीको ठाउँमा नयाँ टेस्ट कप्तानको रूपमा ऋषभ पन्त फिट रहेको भारतका पूर्व कप्तान सुनिल गावस्कर बताउँछन्। उनी भन्छन्, ‘पन्तबाट म पछिल्लो समय निकै प्रभावित भएको छु। र, अब उनलाई टेस्ट टोलीको कप्तानी दिनुपर्छ ।’

पन्त एक मात्र स्टार खेलाडी हुन् जो नयाँ टेस्ट कप्तान बन्ने दावेदार छन् । पन्तले केप टाउनको कठिन पिचमा गत महिना दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा पन्तको आक्रामक खेल देखिएको थियो। पन्तको यो स्टाइललाई फ्यानहरूले मन पराएपछि उनलाई कप्तान बनाउने माग उठेको थियो ।

पन्त किन टेस्ट कप्तान बन्नुपर्छ ?
रोहित शर्मा अहिले ३४ वर्षका भइसकेका छन् । यदि बीसीसीआईले भविष्यको बारेमा सोचिरहेको छ भने शर्मालाई टेस्ट कप्तान बनाउन चाँहदैन्। उनी करियरको अन्ततिर आइपुगेका छन् । यस्तो अवस्थामा २४ वर्षीय पन्तले टेस्ट क्रिकेटको कप्तानी पाउन सक्छन्। कोहलीले २७ वर्षको उमेरमा टेष्टको कप्तानी पाएका थिए भने २९ वर्षको उमेरमा एकदिवसीय र टी–२० को कप्तानी पाएका थिए।

बीसीसीआईको लक्ष्य पन्तलाई नयाँ कप्तानको रुपमा तयार गर्ने हो। यदि भारतले नयाँ कप्तान बनाउने हो भने पन्त राम्रो विकल्प हुन्। उनले राम्रो प्रदर्शन गरिरहेका छन्। पन्तले वानडे र टी–२० खेलमा समेत राम्रो प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : १५ बजे

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह

श्रमदानमार्फत पर्यटकीयस्थल जोड्ने सडक मर्मत गरिँदै

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकअन्तर्गत लुलिया

देवचुलीका उद्योगको दूषित पानीले गैंडालाई समस्या, स्थानीयले गुहारे गृहमन्त्रीलाई

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ नवलपुरको देवचुली क्षेत्रमा पुगेका छन्। त्यहाँ

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको