प्रधानमन्त्रीले बोलाए गठबन्धन बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए गठबन्धन बैठक


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।

सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर, माओवादीको निर्णय र प्रचण्डको आग्रहमा बुधबार सो प्रस्ताव सदनको बैठकमा पेस नगर्न प्रधानमन्त्री राजी भएका छन् ।

यसअघि सोमबार कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने र यसका लागि सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेको थियो । अब भने गठबन्धनमा सहमति जुटाएर मात्र संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेस गरिने भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ५५ बजे

चितवन ३ मा पनि रास्वपा अगाडि

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा