स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर « Khabarhub

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. पौडेलको ठाउँमा यसअघि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. चुमनलाल दासलाई ल्याइएको छ । कोसी अस्पतालमा डा. यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र प्रमुखको जिम्मेवारी डा. यदुचन्द्र घिमिरेले पाएका छन् । डेढ महिनाअघि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकबाट केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएकी डा. सुधा देवकोटालाई पुनः सोही केन्द्रमा फिर्ता गरिएको छ । केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा. प्रकाश साहलाई दिइएको छ ।

त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रमा यसअघि राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई दिइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई